गल्छी–रसुवागढी सडक स्तरोन्नतिका लागि २ अर्ब ५६ करोड बजेट विनियोजन
समयपोष्ट
२०८२ जेठ १५ गते १६:५१
सरकार आगामी आर्थिक वर्ष २०८२/८३ मा गल्छी–रसुवागढी सडक स्तरोन्नति गर्न २ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गर्ने भएको छ। प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत उक्त बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्।
गल्छी–रसुवागढी सडक चीनसँगको सीमा नाकासम्म पुग्ने महत्त्वपूर्ण मार्ग हो, जसले व्यापारिक आवागमन र ऊर्जा पूर्वाधार निर्माणमा रणनीतिक भूमिका खेल्ने विश्वास लिइएको छ। सरकारले सडक स्तरोन्नतिसँगै भौतिक पूर्वाधार सुदृढीकरणलाई प्राथमिकता दिने उल्लेख गर्दै, सीमा नाका जोड्ने यातायात मार्गको सुधारमा जोड दिएको हो।
प्रतिक्रिया