बिहीबार, १५ जेठ २०८२

हुलाकी राजमार्ग निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य, ३ अर्ब ५६ करोड बजेट विनियोजन

समयपोष्ट २०८२ जेठ १५ गते १७:०४

Advertisement

सरकारले बहुप्रतिक्षित हुलाकी राजमार्ग निर्माण कार्यलाई तीव्रता दिँदै आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तराई क्षेत्रको आर्थिक विकास र अन्तर–आबद्धता सुदृढ गर्न हुलाकी राजमार्गलाई प्राथमिकतामा राखिएको जानकारी दिए। “हुलाकी राजमार्गको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी तराईको आर्थिक विकास तथा अन्तर आबद्धतालाई सुदृढ गरिनेछ,” उनले भने, “यसका लागि ३ अर्ब ५६ करोड बजेट विनियोजन गरेको छु।”

हुलाकी राजमार्ग तराई–मधेसको विकास र पूर्वाधार सुदृढीकरणका लागि रणनीतिक महत्वको परियोजना हो। यसले भारतसँगको सिमाना नजिकको भौगोलिक क्षेत्रमा यातायात सञ्जाल विस्तार गर्दै कृषि, उद्योग र व्यापार प्रवर्द्धनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री