बिहीबार, १५ जेठ २०८२

सहकारी अपचलनमा संलग्नको सम्पत्ति लिलाम गरिने

समयपोष्ट २०८२ जेठ १५ गते १६:३६

Advertisement

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहकारीको रकम अपचलन गर्नेहरू विरुद्ध कडा कदम चालिने बताउँदै, उनीहरूको सम्पत्ति लिलाम गरी पीडितहरूलाई वितरण गरिने घोषणा गरेका छन्।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उनले यस्तो व्यवस्था कार्यान्वयन गर्न चक्रीय कोष स्थापना गरिने जानकारी दिएका हुन्।

मन्त्री पौडेलले समस्याग्रस्त सहकारीका सञ्चालक र पदाधिकारीहरूको सम्पत्ति मात्र नभई राहदानीसमेत रोक्का राखिने र आवश्यक कारबाही गरिने पनि स्पष्ट पारे।

प्रतिक्रिया

सम्बन्धित सामाग्री