बुधबार, १४ जेठ २०८२

डिडिसीका कर्मचारीको दूध र घ्यू सुविधा कटौती

समयपोष्ट २०८२ जेठ १४ गते १९:२१


कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डिडिसी) अन्तर्गत कार्यरत कर्मचारीहरूलाई दिइँदै आएको दैनिक एक लिटर दूध र मासिक एक लिटर घ्यूको सुविधा बुधबारदेखि कटौती गरेको छ।

Advertisement

मन्त्रालयका अनुसार दुग्ध किसानलाई दिनुपर्ने भुक्तानी, सरकारबाट लिएको ऋण चुक्ता गर्नु पर्ने जस्ता आर्थिक दबाबका कारण यो निर्णय गर्नुपरेको हो।

दुग्धजन्य पदार्थ बिक्रीबाट आम्दानी गर्ने किसानहरूलाई समयमा भुक्तानी दिन नसकिएको गुनासो बढ्दै गएपछि सुधारको उपायस्वरूप यो कदम चालिएको मन्त्रालयको ठहर छ।

यसअघि मन्त्रालयले संस्थान व्यवस्थापनसँग खाइपाई आएको सेवा सुविधा विवरण मागेको थियो। साथै, आजै डिडिसीको महाप्रबन्धकका रूपमा सहसचिव जगदीश पाण्डेलाई नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री