बुधबार, १४ जेठ २०८२

राप्रपाको प्रदर्शनबारे गृहमन्त्री लेखक : व्यवस्थाविरुद्धको आन्दोलन सह्य हुँदैन

समयपोष्ट २०८२ जेठ १४ गते १९:१८


गृहमन्त्री रमेश लेखकले व्यवस्थाविरुद्धको आन्दोलन कुनै हालतमा सह्य नहुने स्पष्ट पारेका छन्। उनले राप्रपाले बिहीबार गर्न लागेको प्रदर्शनप्रति सङ्केत गर्दै त्यसको उद्देश्य लोकतान्त्रिक व्यवस्था उल्ट्याउने देखिएको बताए।

Advertisement

बुधवार संसद् भवनमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले भने, “यो व्यवस्थालाई उल्ट्याउने कुरा कुनै हालतमा सह्य हुँदैन।” उनले लोकतन्त्र फाल्ने कुनै पनि गतिविधि सहन नसकिने स्पष्ट पारे।

आगामी प्रदर्शनको सन्दर्भमा शान्ति सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिँदै उनले थपे, “भोलिको प्रदर्शनमा शान्ति सुरक्षाको उचित प्रबन्ध गरिएको छ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौँ उपत्यकालाई एमालेको कब्जामा राख्ने भनाइबारे पत्रकारले राखेको जिज्ञासामा गृहमन्त्री लेखकले उक्त अभिव्यक्तिलाई सांगीतिक र उत्सवमूलक रूपमा व्याख्या गरे।

“उहाँले गणतन्त्र दिवसलाई सङ्गीत महोत्सवको रूपमा उत्सव मनाउन भन्नुभएको हो,” गृहमन्त्री लेखकले स्पष्ट पारे। उनले थपे, “उहाँले सङ्गीतको नियन्त्रण भन्नुभएको हो, उपत्यका सङ्गीतमय हुन्छ भन्ने अर्थमा मैले लिएको छु।”

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री