संघीय सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट बिहीबार सार्वजनिक गर्ने
संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बिहीबार दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ। नेपालको संविधानअनुसार हरेक वर्ष जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्थाअनुरूप अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्न लागेका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत सरकारको नीति तथा कार्यक्रम यसअघि नै पारित भइसकेको छ। सोही नीति तथा कार्यक्रमको आधारमा सरकारले बजेट ल्याउन लागेको हो। बिहीबार बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार बिहीबार दिउँसो १:३० बजे अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्नेछन्। त्यसपछि दिउँसो १:४५ बजे आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेस हुनेछ भने दिउँसो ३ बजे बजेट प्रस्तुत गरिनेछ।
प्रतिक्रिया