नेप्से दोहोरो अंकले वृद्धि, कारोबार रकम भने घट्यो
समयपोष्ट
२०८२ जेठ ८ गते १५:४२
बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। नेप्से परिसूचक १९.०४ अंकले बढेर २,६८८.५५ विन्दुमा पुगेको छ।
आज शेयर बजारमा हरियाली देखिए पनि कुल कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। नेप्सेमा कूल २ करोड २३ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ९ अर्ब ८२ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
नेप्सेका अनुसार आज १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ कम्पनीको मूल्य घटेको छ। एक कम्पनीको मूल्य स्थिर रहेको छ।
बिहीबारको कारोबारमा ओम मेगाश्री लघुवित्तको शेयर मूल्यमा फेरि पनि सकारात्मक सर्किट लागेको छ। यस्तै, सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावर लिमिटेडको भएको छ। यस कम्पनीको मात्र ६९ करोड १ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।
प्रतिक्रिया