मुक्तिनाथ कृषि कम्पनीको खुद नाफा २ करोड १२ लाख रुपैयाँ

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

Advertisement

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा २ करोड ९९ लाख रुपैयाँ ९९ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ११०.६३ प्रतिशत बढेर ३७ करोड ६१ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल नाफा २३३.४६ प्रतिशत बढेको छ भने कुल आम्दानी २३१.१९ प्रतिशत बढेको छ। सो अवधिमा कम्पनीको कुल खर्च ४३.०९ प्रतिशत मात्र बढेको छ।

नाफा धनात्मक भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ७५ पैसा र मूल्य आम्दानी अनुपात २२८.८७ गुणा रहेको छ।

७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ४ करोड ३७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री