बिहान ३ बजे प्यूठानमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २५ घाइते
समयपोष्ट
२०७५ वैशाख ३० गते १:४१
भलुबाङ–प्यूठान सडक अन्तगर्त प्यूठानको सरुमारानी गाउँपालिका–४ बड्डाँडा नजिक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् ।
महेन्द्रनगरबाट प्यूठानतर्फ आइरहेको माहाकाली यातायातको ना ४ ख ८१७६ नम्बरको बस आइतबार बिहान ३ बजेतिर दुर्घटनामा परेको हो।
बसमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको अझै सनाखत हुनसकेको छैन। गम्भिर घाइते पाँच जनालाई बुटवल २ जनालाई नेपालगञ्ज उपचारको लागि पठाइएको छ।
१८ जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी राजेन्द्र पोख्रेलले बताए। स्थानीय, प्रहरी, सशस्त्र प्रहरी बलको टोली पुगेर उद्धार गरेको थियो।
मृतकको शव जिल्ला अस्पताल ल्याइदै गरेको प्रहरीले जनाएकोछ। बस सडकबाट झण्डै दुई सय मिटर तल खसेको छ।
प्रतिक्रिया