बिहीबार, १३ वैशाख २०८१

कामना सेवा विकास बैंकका नवयिुक्त सिइओ थकालीले सम्हाले कार्यभार

समयपोष्ट २०८० जेठ १४ गते १२:२५

Advertisement

कामना सेवा विकास बैंकका नवयिुक्त प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले कार्यभार सम्हालेका छन् ।

वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले थकालीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार आइतबारदेखि थकालीले कार्यभार सम्हालेका हुन् । थकाली यसअघि प्रभु बैंकको नायव महाप्रबन्धक रहेका थिए ।

उनले प्रभु क्यापिटलमा प्रबन्ध निर्देशक भएर २ वर्ष काम गरे । त्यसअघि थकाली सांग्रिला डेभलपमेन्ट बैंकमा कामु सीईओ भएर काम गरेका थिए ।थकाली नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका पूर्वमहासचिव हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातक गरेका थकालीले लण्डन स्कूल अफ इकोनोमिक्स लण्डन, विश्व बैंक, एआईटी थाइल्याण्ड लगायतका संस्थाहरुबाट बैंकिङ तथा व्यवस्थापन सम्बन्धि अध्ययन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री