बुधबार, १२ वैशाख २०८१

सबस्टेसन निर्माणस्थलबाट ठेकेदार कम्पनीलाई कुलमानको चेतावनी- क्षतिपूर्ति तिराएर ठेक्का तोड्छौ

समयपोष्ट २०८० जेठ १४ गते १०:०५

Advertisement

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मकवानपुरमा निर्माणधिन सबस्टेसनको काम तोकिएको समयमा सम्पन्न गर्न नसके ठेक्का तोड्न निर्देशन दिएका छन्।

शनिबार सवस्टेशनको स्थलगत अनुगमनमा पुगेका घिसिङले निर्माणमा प्रगति भएको नपाएपछि आक्रोशित हुँदै ठेक्का तोड्ने चेतावनी दिएका छन् ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित थानाभर्याङमा ४०० केभी, २२० र १३२ केभी सबस्टेसन निर्माण भैरहेको छ ।

सवस्टेशन निर्माणको ठेक्का पाएको भारतीय कम्पनीहरू सिमेन्स लिमिटेड र टेल्टोम इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमका पदाधिकारीलाई घिसिङले निर्माणस्थलबाटै फोन गरेका थिए। फोन संवादमा उनले तोकिएको समयमा काम नभए जरिवाना तिराउने चेतावनी दिँदै आइतबार काठमाडौं आएर छलफल गर्न निर्देशन दिए।

‘विगत दुई महिनामा केही काम गरेनौ, सबस्टेसनको निर्माण तत्काल सम्पन्न गरी पूर्व–पश्चिममा थप विद्युत् प्रवाहका लागि हामीलाई चाप छ, सबस्टेसन तत्काल सञ्चालन गर्न सकेनौं भने दैनिक रुपमा ४००–५०० मेगावाट विद्युत् खेर जान्छ, यसको सबै क्षतिपूर्ति तिराउँछौं,’ उनले चेतावनी दिंदै भने, ‘तुरुन्त काठमाडौ आएर संयुक्त बैठक गर, यदि काम गर्न सक्दैनौ भने छोडेर जाऊ।’

गत फागुनको अन्तिम साता पनि अनुगमन भ्रमणमा गएका घिसिङ २२० केभी सबस्टेसन निर्माणमा कुनै प्रगति नदेखिएपछि आक्रोसित बने । त्यतिबेला ठेकेदार कम्पनीहरुले आगामी असारभित्र सबस्टेसनको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।

तर, प्रतिबद्धता विपरीत निर्माणस्थलमा कुनै प्रगति नदेखिएपछि घिसिङ आक्रोसित बनेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री