बिहीबार, १३ वैशाख २०८१

लाइफ इन्स्योरेन्स कर्पाेरेशनको प्रमुख कार्यकारी अधिकृतमा प्रणय कुमार नियुक्त

समयपोष्ट २०८० वैशाख ३१ गते १०:३१

Advertisement

लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल)को प्रमुख कार्यकारी अधिकृतमा प्रणय कुमार नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिले प्रणय कुमारलाई सीईओमा नियुक्त गरेको हो ।

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा २८ बमोजिम बीमा प्राधिकरणले उनलाई सीईओ बन्न बैशाख ६ गते स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ ।

उनी एलआइसी इण्डियाको नागपुर डिभिजनमा वरिष्ठ विभागीय प्रबन्धक पदमा कार्यरत थिए ।

आगामी तीन वर्षका लागि सीईओमा नियुक्त गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री