हिमालयन बैंकको नगद संकलन काउन्टर नेपाल प्रहरी अस्पतालमा पनि
समयपोष्ट
२०८० वैशाख २७ गते १९:०१
हिमालयन बैंक लिमिटेडले महाराजगंजस्थित नेपाल प्रहरी अस्पतालमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंक र अस्पतालले कार्यक्रमकाबिच नगद संकलन काउन्टर संचालन गर्ने सम्झौता गरेको हो ।
बैंकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा (सार्वजनिक बिदाका दिनहरुमा पनि) प्रदान गर्नेछ । बैंकद्वारा प्रदान गरिने सो सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार÷आफन्तजन तथा अस्पतालका कर्मचारीहरुलाई सहजता प्रदान गर्नेछ ।
नगद संकलन काउन्टर संचालनमा ल्याउने सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा र अस्पतालका तर्फबाट अस्पतालका मेडिकल डाइरेक्टर डा. आशा सिंहले हस्ताक्षर गर्नु भएको छ ।
सो समारोहमा बैंक तथा अस्पतालका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।
प्रतिक्रिया