आइतबार, २९ असार २०८२

कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीलाई मनकामना अस्पतालमा छुट

समयपोष्ट २०८० वैशाख २१ गते १४:३१

Advertisement

कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीले मनकामना अस्पताल भरतपुरमा छुट पाउने छन् ।

दुई संस्थाबीच मर्चेन्ट सम्झौता सम्पन्न भएसंगै बैंकका ग्राहक र कर्मचारीले अस्पतालमा छुट पाउने भएका हुन् ।

बैंकका अनुसार अस्पतालले प्रदान गर्ने ओ.पि.डि. सेवा, सामान्य वार्ड, बेड शुल्क, ओ.टि. शुल्क, सि.टि. स्क्यान, आई.सि.यु., लगायत एन.आई.सि.यु., एच.डि.यु., नर्सरी सेवाहरुमा ग्राहकले आकर्षक छुट प्राप्त गर्न सक्ने छन्। अस्पतालले प्रदान गर्ने सो सेवासुविधाहरुमा बैंकका कर्मचारीहरुले २०% सम्मको र बैंकका ग्राहकरुले १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्धहरुले विशेष लाभ लिने विश्वास बैंकले लिएको जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री