शुक्रबार, १६ चैत २०८०

सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५० प्रतिशले वृद्धि

समयपोष्ट २०७९ वैशाख २९ गते १२:१९

Advertisement

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५० प्रतिशले वृद्धि भएको छ।

चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीले १४ करोड ३६ लाख नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ५५ लाख नाफा आर्जन गरेको थियो ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २० करोड १९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले १४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो। चालु आर्थिक वर्षको चैत्र मसान्सम्ममा सन नेपाल लाइफको खुद बीमा शुल्क ४० प्रतिशले बढेको छ।

त्यस्तै, चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको जगेडा कोषमा ४४ करोड रुपैयाँ संचित भएको छ। गत वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३२ करोड रुपैयाँ संचित थियो।

कम्पनीको जीवन बीमा कोषमा ३ अर्ब ३६ करोड रुपैयाँ रहेको छ। एक अर्ब ४० करोड चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति जगेडामा ५ लाख ६० हजार रुपैयाँ छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको अभिकर्ता कमिसन ४ करोड ४९ लाख रहेको छ ।

साथै कम्पनीको सोही अवधिमा प्रतिशेयर आम्दानी १३.६७ रुपैयाँ छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री