प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने
समयपोष्ट
२०८२ असार २३ गते ९:२५
प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले हालै सम्पन्न स्पेन भ्रमण र अन्य समसामयिक विषयमा आफ्नो धारणा राख्ने छन्।
प्रधानमन्त्री ओली गत असार १४ गतेदेखि २० गतेसम्म संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन ६ दिने स्पेन भ्रमणमा गएका थिए।
प्रतिक्रिया