बुधबार, १२ वैशाख २०८१

हिमालयन डिष्टिलरीको खुद नाफा ७८ करोड ८३ लाख, अधिकांश सूचकमा सुधार

समयपोष्ट २०७९ वैशाख २५ गते ८:१९

Advertisement

हिमालयन डिष्टिलरी लिमिटेडले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा सुधार देखिएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ७८ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.१८ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६७ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। आम्दानी बढेसँगै कम्पनीको नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको आम्दानी ३०.२० प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल नाफा २०.३६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४.७५ प्रतिशत बढेको छ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३४ रुपैयाँ १६ पैसा घटेर ६९ रुपैयाँ २२ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कम्पनीको प्रतिशेयर आम्दानी घटेको हो।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५१.८८ गुणा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री