
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खोप खरिद प्रक्रिया अघि बढाएको जानकारी दिएका छन् ।
स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा मन्त्री ज्ञवालीले चीनको भेरोसेल, अमेरिकाको जोन्सन एण्ड जोन्सन खोप खरिदका लागि पत्राचार गरिएको बताए ।
ज्ञवालीले अबको १० दिनभित्र नेपालमा ल्याउने ५० लाख डोज खोपको टुङ्गो लाग्ने बताए । चीन र अमेरिकाबाट ५० /५० लाख डोज खोप ल्याउने तयारी भइरहेको मन्त्री ज्ञवालीको भनाइ छ ।
यसैगरी कोभिशिल्डको उत्पादनकर्ता सेरमले यो वर्षको अन्त्यसम्म कुनै पनि देशलाई खोप निर्यात नगर्ने घोषणा गरेपनि आफुहरुले १७ लाख डोज कोभिशिल्ड उपलव्ध गराउन भारतसँग आग्रह गरिरहेको उनले बताए ।









प्रतिक्रिया