माधव पक्षलाई कारवाही गर्न ओलीले बोलाए बैठक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक डाकेका छन् ।

Advertisement

ओलीले अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक डाकेका हुन् ।

प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा पार्टीको रणनीति र यसबीचमा माधव नेपाल पक्षले कांग्रेस नेतृत्वमा सरकार गठन गर्न चालेका कदम तथा राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेदवार हराउन भूमिका खेलेको विषय बैठकको एजेण्डा रहेको बताइएको छ ।

अध्यक्ष ओलीले माधव नेपाल पक्षको भूमिका क्षम्य नरहेको भन्दै कारवाहीको संकेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री