
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको नि:शुल्क उपचारका लागि ३० अस्पतालसंग सम्झौता गरेको छ ।
सम्झौतासंगै यी अस्पतालमा भर्ना भएका कोरोना संक्रमित बिरामीको उपचार खर्च मन्त्रालयले बेहोर्ने छ । आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोधभर्ना बापत अस्पताललाई मन्त्रालयले दिने छ ।










प्रतिक्रिया