ओली निवास बालकोट खाली

पदमुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा यसअघि पूर्वमन्त्री गोकुल बाँस्कोटा बस्दै आएका थिए । अहिले यो निवास खाली छ । राष्ट्रपतिले बैशाख ३० सम्म नयाँ सरकार गठनका लागि सोमबार राति ९ बजे दलहरूलाई तीन दिनको म्याद दिएकी छिन् । अब बैशाख ३० गते राति ९ बजेभित्र ओलीको विकल्पमा शेरबहादुर देउवाले बहुमत देखाउन सके भने कामचलाउ प्रधानमन्त्री ओलीले बालुवाटार छाड्नुपर्ने हुन्छ ।

Advertisement

तर, राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार नयाँ प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गर्न आह्वान गरेको अवस्थामा कथंकाल विपक्षी दलहरुले बहुमत देखाउन सकेनन् भने ठूलो दलको हिसाबले केपी ओली नै प्रधानमन्त्री बन्ने छन् र उनले तत्काल बालकोट सर्नुपर्ने अवस्था आउने छैनन् । तर, त्यसरी प्रधानमन्त्री बनेको एक महिनापछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने हुन्छ ।

सोमबार संसदमा भएको मतदानमा प्रधानमन्त्री ओलीले बहुमत पाउनका लागि १३६ मत ल्याउनुपर्नेमा ९३ मत मात्रै पाएपछि उनी पदमुक्त भएका हुन् ।

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा मन्त्री बनेका बेला पुल्चोकस्थित मन्त्री निवास नबसी बालकोटस्थित ओली निवासमा बसेका थिए । मन्त्रीबाट राजीनामा दिएलगत्तै उनको निजी निवासमा विप्लव समूहले बम बिस्फोट गराएर क्षति पु¥याइ दिएको थियो । त्यसबेला बास्कोटाको एकतले पुरानो घरमा तल्ला थप्ने कार्य भइरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री