
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ ।
अदालतले उनीहरूलाई ४ दिन थुनामा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको हो ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले मंगलबार सो अनुमति दिएको हो ।
राहदानी खरिद प्रकरणमा अनियमितता गरेको आशंकामा अनुसन्धानका लागि अख्तियारले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।










प्रतिक्रिया