शनिबार, ८ वैशाख २०८१

स्वस्तिक चिन्हले यसरी हटाउछ वास्तु दोष, घर/अफिसमा यसरी बनाउँनुहोस् चम्किन्छ भाग्य

समयपोष्ट २०७७ जेठ ६ गते २१:३८

Advertisement

स्वस्तिक चिन्ह, घरका वास्तु दोषहरु हटाउनका लागि निकै लाभदायक मानिन्छ। वास्तु शास्त्रका अनुसार स्वस्तिकलाई वास्तुको प्रतीक पनि मानिएको छ। स्वस्तिक चिन्हको प्रयोगले हरेक ठूलो समस्याबाट छुटकारा पाउन सकिन्छ।

हिन्दू धर्ममा, कुनै पनि शुभ कार्य शुरु गर्नुभन्दा पहिले स्वस्तिक चिन्ह बनाइन्छ। ज्योतिष शास्त्रमा स्वस्तिक चिन्हलाई सफलताको प्रतीकको रुपमा पनि लिइन्छ।

पञ्चधातुको स्वस्तिक

यदि, तपाई जीवनमा कुनै समस्याको सामना गर्दै हुनुहुन्छ भने, पञ्चधातुको स्वास्तिक प्रतिष्ठान बनाएर, यसलाई ढोकामा राख्नुहोस्। यसबाट तपाईले सकारात्मक नतिजा पाउनुहुनेछ। लक्ष्मी मातालाई प्रसन्न पार्न चाँदीमा नवरत्न लगाएको स्वस्तिक पूर्व दिशामा राख्नुहोला।

मुख्य ढोकामा स्वास्तिक स्थापना गर्नुहोस्

घरमा कुनै समस्या भएमा अथवा, घरका कुनै सदस्य सँधै बिरामी हुन्छन् भने, घरको मुख्य प्रवेशद्वारमा स्वस्तिक चिन्ह बनाउनुहोस्।

यी दोष पनि हटाउनुहोस्

यदि तपाईको घरको ठिक अगाडि कुनै रूख वा खम्बा छ भने, यसलाई एक अशुभ संकेत मानिन्छ। यसको दुष्परिणामबाट बच्नका लागि घरको मुख्य ढोकामा दैनिक स्वस्तिक चिन्ह बनाउने गर्नुहोस्।

कार्यस्थलमा स्वस्तिक बनाउदा निकै शुभ

व्यापार बढाउनका लागि, कार्यस्थलमा स्वस्तिक चिन्ह बनाउनु निकै शुभ मानिन्छ। याद राख्नुहोस्, कार्यस्थलको उत्तर दिशामा बेसारले स्वास्तिक चिन्ह बनाउदा निकै लाभ हुने गर्दछ। र यसबाट कार्यस्थलको समस्याहरु पनि समाधान हुनेछ।

बनाउनुहोस् उल्टो स्वास्तिक

स्वास्तिक मनोकामना अथवा धनको लागि मात्र नभई, स्वास्थ्यको लागि पनि निकै शुभ मानिन्छ। यदि तपाईलाई नराम्रो सपना वा बेचैनीको कारण निन्द्रा नलाग्ने समस्या छ भने सुत्नुभन्दा अगाडी आफ्नो चोर औलाले स्वस्तिक चिन्ह बनाउनुहोला। इच्छा पूर्तिका लागि, मन्दिरमा गएर कुमकुम वा गोबरको उल्टो स्वास्तिकको चिन्ह बनाउनुहोला र जब तपाईको इच्छा पूरा हुन्छ, तब पुनः मन्दिरमा गएर सीधा स्वस्तिक बनाउनु होला।

प्रतिक्रिया

सम्बन्धित सामाग्री