बिहीबार, १३ वैशाख २०८१

कामना सेवा विकास बैंकको खुद नाफा २१ करोड ५४ लाख

समयपोष्ट २०७७ वैशाख ३१ गते १२:३१

Advertisement

कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २१ करोड ५४ लाख रुपैयाँ खुद नाफा आजर्न गरेको छ । गत बर्षको सोही अवधिमा बैंकले २१ करोड २० लाख रुपैयाँ खुद नाफा आजर्न गरेको थियो।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.०७ प्रतिशतबाट बढेर १.४० प्रतिशत पुगेको छ। यससँगै गत आवको चैत मसान्तसम्ममा ७ करोड ६५ लाख रुपैयाँ मात्र रहेको इम्पेरिमेन्ट चार्ज चालु आवको सोही अवधिसम्ममा बढेर ११ करोड ७६ लाख पुगेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५ करोड ४९ लाख रुपैयाँ बढेर ८५ करोड ७१ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४३ लाख ९० हजार रुपैयाँ बढेर ३० करोड ६३ लाख रुपैयाँ पुगेको छ।

खुद नाफा सामान्य बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि झिनो सुधार भएको छ। गत आवको चैत मसान्तमा ११ रुपैयाँ १३ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आवको सोही अवधिमा बढेर ११ रुपैयाँ ३१ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.४४ गुणा रहेको छ। बैंकको आधारदर ११.६५ प्रतिशतबाट बढेर ११.७९ प्रतिशत पुगेको छ भने स्प्रेड ४.७६ प्रतिशतबाट बढेर ५.२३ प्रतिशत पुगेको छ।

२ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको वितरण योग्य मुनाफा चैत मसान्तसम्ममा ५८ लाख ४२ हजार रुपैयाँ रहेको छ। बैंकले सो अवधिसम्ममा ७० करोड ५८ लाख रुपैयाँ जगेडा कोषमा र ४ करोड ६२ लाख रुपैयाँ अन्य शेयरधनी कोषमा सञ्चय गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको जगेडा कोषमा ५३ करोड १३ लाख रुपैयाँ र शेयरधनी कोषमा १७ करोड ३६ लाख रुपैयाँ रहेको थियो।

त्यसैगरी, गत असार मसान्तसम्ममा २१ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ९० करोड कर्जा प्रवाह गरेको यस बैंकले चालु आवको चैत मसान्तसम्ममा २८ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री