सोमबार, ३ कार्तिक २०८२

गृहमन्त्रीले ‘देश छोडेर भागे’ भनेका पूर्वऊर्जामन्त्री खड्का घरबाटै लाइभ

समयपोष्ट २०८२ कार्तिक ३ गते १०:१३

Advertisement

निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले गृहमन्त्री ओमप्रकाश अर्यालको आफू देश छोडेर भागेको भन्ने दाबीलाई खण्डन गर्दै सोमबार आफ्नै क्षतिग्रस्त घरबाट फेसबुक लाइभमार्फत जवाफ दिएका छन्।

गृहमन्त्री अर्यालले केही दिनअघि एक दैनिक पत्रिकालाई दिएको अन्तर्वार्तामा खड्का देश छोडेर भागिसकेको र अन्य व्यक्तिहरूलाई पनि भाग्नबाट रोक्ने प्रावधानबारे अध्ययन भइरहेको बताएका थिए।

खड्काले लाइभमा आफू नेपालमै रहेको र भाग्ने कुनै मनसाय नरहेको स्पष्ट पारे। उनले जेनजी पुस्ताले गरेको आन्दोलनलाई जायज ठहराउँदै यसमा अदृश्य शक्तिको संलग्नताले देशको अस्तित्व र नेपाली पहिचानमाथि नै प्रश्न उठेको टिप्पणी गरे।

“जेनजीको आन्दोलन ठीक छ, तर अदृश्य शक्तिका कारण देश रहन्छ कि रहँदैन, हामी नेपाली भन्न पाउँछौँ कि पाउँदैनौँ भन्ने अवस्था आएको छ,” उनले भने।

Advertisement

आगामी निर्वाचनमा सहभागिता जनाउने विषयमा उनले पार्टीले निर्णय गर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री