बिहीबार, १५ चैत २०८०

नेपाल बीमक संघले पायो नयाँ नेतृत्व, अध्यक्षमा दीप प्रकाश पाण्डे

समयपोष्ट २०७५ चैत २१ गते १९:१२

Advertisement

नेपाल बीमक संघको अध्यक्षमा शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डे चयन भएका छन् । पाण्डे दुई दशकदेखि बीमा क्षेत्रमा सक्रिय छन् । संघको विशेष साधारणसभाले पाण्डेको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।

संघको उपाध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्सका सिइओ नुरप्रताप प्रधान चयन भएका छन् । महासचिवमा सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री चुनिएका छन् । त्यस्तै आइएमई जनरल इन्स्योरेन्सका सिइओ युगेश भक्त बादे श्रेष्ठ कोषाध्यक्षमा चयन भएका छन् ।

संघको कार्यसमिति सदस्यमा एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लव पन्त, एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतम, अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी कुमार बहादुर खत्री, सानिमा जनरल इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धक सुवोधलाल श्रेष्ठ र प्रभु इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत संचित बर्जाचार्य चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री