भारत-गोरखा भूपू सम्मान प्याकेज (बीएसपी) काठमाडौंमा लन्च

भारतीय दूतावास काठमाडौं र नेपाल एसबीआई बैंक लिमिटेडले संयुक्त रूपमा भारत-गोरखा भूपू सम्मान प्याकेज लन्च गरेका छन्। एक बिशेष समारोहकाबीच शुक्रबार यो प्याकेज औपचारिक रूपमा सार्वजनिक गरिएको हो।

यो नयाँ प्याकेज नेपालमा रहेका भारतीय सरकारका पेन्सनरहरूको वित्तीय सेवा र कल्याणलाई थप मजबुत बनाउने उद्देश्यले ल्याइएको हो। यसलाई भारतीय सरकारको नेपालस्थित भूपू सैनिक तथा पेन्सनरहरूप्रतिको प्रतिबद्धताको महत्त्वपूर्ण कदम मानिएको छ।

Advertisement

प्याकेजअन्तर्गत भूपूहरूलाई शून्य सेवा शुल्क, विभिन्न रियायती बैंकिङ सुविधाहरू तथा दुर्घटनाको अवस्थामा अधिकतम ५ लाख नेपाली रुपैयाँसम्मको बीमा कभर उपलब्ध गराइनेछ। यसमा थप एड-अन कभरहरू पनि समावेश छन्।

कार्यक्रममा भारतीय दूतावास र नेपाल एसबीआई बैंकका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। भारतीय दूतावासले यस प्याकेजलाई भूपूहरूप्रति सम्मानको प्रतीक भनेको छ भने नेपाल एसबीआई बैंकले यसलाई गोर्खा पेन्सनरहरूलाई लक्षित विशेष योजनाको रूपमा अगाडि सारेको छ।

यो पहलले नेपालमा बसोबास गर्ने गोरखा भूपू सैनिक तथा अन्य भारतीय पेन्सनरहरूको दैनिक बैंकिङ कारोबारलाई सरल, सस्तो र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री