आइतबार, २३ वैशाख २०८१

एमाले छोडने अवस्थामा भीम रावल !

पत्रपत्रिका २०८१ वैशाख १४ गते ६:१३

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वउपाध्यक्ष डा.भिम रावल पार्टीमा अहिले जिम्मेवारी विहिन अवस्थामा छन् । कुनै समयमा सुदुरपश्चिममा एमालेको खम्बाको रुपमा मानिने रावल पार्टी अध्यक्ष केपी शर्माको ‘प्रतिशोध’ का कारण उनी एमाले छोडने अवस्थामा पुगेका छन् ।

एमालेको चितवनमा भएको १० औं महाधिवेशनमा रावल अध्यक्षका उम्मेदवार थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसंग रावल पराजित भए । महाधिवेशनमा ओलीसंग प्रतिस्पर्धा गरेको र ओलीको गलत काम तथा कार्यशैलीको आलोचना एवं कडा विरोध गरेकै कारण उनी पार्टी राजनीतिमा कुनै जिम्मेवारी पाउँन नसकेका हुन् ।

पार्टीमा जिम्मेवारी विहिन भएका रावल पार्टीका बैठक एवं कार्यक्रममा समेत जान छोडेका छन् । ओलीसंग प्रतिस्पर्धा गरेको र उनको गलत कार्यको आलोचना एवं विरोध गरेकै कारण रावललाई पार्टीमा कुनै जिम्मेवारी नदिई पार्टी छोड्न वाध्य बनाइएको छ ।

गत ८ र ९ बैशाखमा ललितपुरको गोदावरीमा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद बैठक बस्यो । देशैभरीका नेताहरु सो बैठकमा सहभागि भए पनि रावल सो बैठकमा सहभागि भएन् । रावल किन बैठकमा सहभागि भएनन भन्ने खोजविन पनि कसैले गरेन् । बैठकमा सहभागि हुनुपर्छ भन्ने ’boutमा नेतृत्वले कुनै चासो समेत देखाएन् । त्यसपछि रावलले आफूमाथि प्रतिशोध साँधेर प्रतिनिधि परिचयपत्र समेत नबनाइदिएपछि बैठकमा आफू उपस्थित नभएको जानकारी गराएका छन् ।

Advertisement

यि र यस्तै बिभिन्न कारणले रावलले एमाले परित्याग गर्ने संकेत गरेका छन् । बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै रावलले आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताए । ललितपुरको गोदावरीमा भएको पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई परिचय पत्र समेत उपलब्ध नगराउने काम भएको भन्दै रावलले अब आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताए ।

‘गोदावरीको अधिवेशनमा उहाँहरूले जुन प्रकारको व्यवहार गर्नुभएको छ । मैले के सोचेको छु भने राजनीतिक जीवनको एउटा मोडमा धकेलिएको जस्तो महसुस भएको छ’ रावलले भने । घुम्तीमा पुगिसकेपछि सामान्य मान्छे पनि अर्को मोडतिर लाग्न सक्ने उल्लेख गर्दै रावलले आफ्नो हकमा पनि त्यही हुनसक्ने भन्दै एमाले छाड्न सक्ने संकेत गरे ।

‘एउटा घुम्तीमा पुगेको जस्तो मैले महसुस गरेको छु । त्यो घुम्ती पुग्दा जोसुकै पनि अर्को मोडमा लाग्न सक्छ’ उनले भने, ‘भविष्यमा त्यो मोड कस्तो हुने छ भन्ने कुरा फेरि बताउने नै छु ।’ आफू विधि र नेपालको राष्ट्रिय हितको पक्षमा उभिँदा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा सहभागी हुनबाट वञ्चित गराइएको पनि उनले दाबी गरेका छन् । आजको राजधानी दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री