एसएमएल इसुजुका गाडी किन्न एभरेष्ट बैंकले कर्जा दिने
नेपालका लागि एसएमएल इसुजुको आधिकारिक विक्रेता लक्ष्मी कमर्सियल भेहिकल्स प्रालि र एभरेष्ट बैंक लिमिटेडबीच एसएमएल इसुजुका स्कुल बस, रुटबस, ट्रक, ट्रिपर आदिमा लगानी गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा बैंकका डेपुटी जनरल मेनेजर गौरव कुमार तथा लक्ष्मी कमर्सियल भेहिकल्सका सेल्स एन्ड अपरेसन डाइरेक्टर कपिल सिवाकोटीले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार एसएमल इसुजुका ग्राहकहरूले सहज रूपमा ऋण सुविधा लिन सक्ने जनाइएको छ ।
ग्राहकले एभरेष्ट बैंकका नेपालभर रहेका एक सय २४ शाखामध्ये जहाँबाट पनि गाडीको मूल्यको ७० प्रतिशतसम्म कर्जा लिन सक्ने उल्लेख छ । यस्तो कर्जा बढीमा सात वर्षसम्मका लागि उपलब्ध हुने जनाइएको छ । साथै, सर्भिस चार्ज र ब्याजदरमा पनि बैंकले सहुलियत उपलब्ध गराउने उल्लेख गरिएको लक्ष्मी कमर्सियलका बिजनेस हेड सञ्जय खड्काले जानकारी दिए ।
सम्झौताले दुई संस्थाबीचको व्यापार बढाउन सहयोग पुग्ने र भविष्यमा पनि सहकार्य गर्दैै अगाडि बढ्न सकिने बैंैकका डेपुटी जनरल मेनेजर गौरव कुमारले बताए । लक्ष्मी कमर्सियल भेहिकल्सका सबै शाखा, डिलरहरूबाट एभरेस्ट बैंकसँग भएको सम्झौताअनुसार एसएमएल इसुजुका गाडी खरिद गर्ने ग्राहकलाई आवश्यक ऋण लिने प्रक्रियामा सहजीकरण गरिने लक्ष्मी कमर्सियलका नेटवर्क हेड ईश्वर दाहालले बताए ।
प्रतिक्रिया