शुक्रबार, २ साउन २०८२

नशा रहित समाज नेपाललाई हिमालयन बैंकको आर्थिक सहयोग

समयपोष्ट २०८० वैशाख ११ गते ९:२७


हिमालयन बैंक लिमिटेडले ललितपुरस्थित नशा रहित समाज नेपाल (उपचार केन्द्र)लाई बहूद्देश्यीय हल निर्माणका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले संस्थाका अध्यक्ष सोनाम शेर्पालाई एक कार्यक्रमकाबिच उक्त सहयोग रकम हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको समेत उपस्थिती थियो ।

युवाहरु रक्सी तथा विभिन्न लागू पदार्थको कुलतमा फस्ने र विभिन्न अपराधिक गतिविधिमा संलग्न हुने गरेका छन् । यस्तै समस्यालाई समाजबाट हटाउन उक्त संस्थाले स्थापनाकाल देखि नै रक्सी तथा लागू पदार्थ सेवन गर्दै आएका विभिन्न उमेर समूहकाहरुलाई यस कुलतबाट छुट्कारा दिन मद्दत गर्दै आएको छ ।

हाल सो सेन्टरले करिब सय जनालाई एकदमै न्यूनतम खर्चमा सेवाबाट दिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री