मंगलबार, ८ जेठ २०८१

प्राइम लाइफको विशेष साधारणसभा सम्पन्न, मर्जर प्रस्ताव पारित

समयपोष्ट २०८० वैशाख ६ गते १७:३९

Advertisement

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा काठमाडौँमा सम्पन्न भएको छ ।

बुधबार सम्पन्न साधारण सभाले विशेष प्रस्तावको रुपमा पेश गरेको प्राइम लाइफ इन्स्योरेन्स, गूराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मर्जर गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

साधारणसभाले मर्जर पश्चात हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड नामबाट कारोबार गर्ने र कम्पनीहरुको शेयर अनूपात १:१:१ कायम गर्ने साथै हालसम्म तिनवटा कम्पनी मर्जर गर्ने सम्बन्धमा भएका सम्पूर्ण कार्यहरुको अनूमोदन गर्ने र तिनवटा कम्पनीको मर्जर गरि एकिकृत कारोबार गर्नका लागि विभिन्न निकायमा गर्नूपर्ने आवश्यक कार्यहरु गर्नका लागि कम्पनीको सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री