शुक्रबार, २० असार २०८२

कोशीमा मन्त्रिमण्डल विस्तार, कुन मन्त्रालयको जिम्मा कसलाई ?

समयपोष्ट २०८१ जेठ ४ गते १७:०७

Advertisement

कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार भएको छ ।

शुक्रबार एमालेबाट एकराज कार्की, पाँचकर्ण राई र लिलावल्लभ अधिकारी मन्त्री नियुक्त भएका छन् । माओवादी केन्द्रबाट नारायण बुर्जा मगर र राजेन्द्र कार्की मन्त्री बनेका छन् ।

त्यसैगरी एमालेबाट सिर्जना राई र माओवादी केन्द्रबाट बन्दना झागड राज्यमन्त्री बनेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालयमा गणेश उप्रेती, आन्तरिक मामिला तथा कानुन मन्त्रालय लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालय राजेन्द्र कार्की, खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय एकराज कार्की, सामाजिक विकास मन्त्रालय पाँचकर्ण राई,उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मुख्यमन्त्री आफैँ र पर्यटन, वन तथा वातावरण मन्त्रालय नारायण बुर्जामगरले सम्हालेका छन् ।

Advertisement

राज्यमन्त्री सिर्जना राई मुख्यमन्त्री कार्यालय र वन्दना झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री