बुधबार, ९ जेठ २०८१

नेपाल लाइफले व्यतित बीमालेखको विलम्ब शुल्कमा ३० प्रतिशतसम्म छूट दिने

समयपोष्ट २०८१ जेठ १ गते १२:१२

Advertisement

नेपाल लाइफ इन्स्योरेन्सले कम्पनीका व्यतित बीमालेखमा ३० प्रतिशतसम्म छूट दिने भएको छ ।

कम्पनीले जेठ १ गतेदेखि असार ६ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गरे बीमालेख नविकरण शुल्कमा ३० प्रतिशतसम्म छूट दिने निर्णय गरेको हो ।

३ वर्षसम्म व्यतित भएका बीमालेखहरूमा ३० प्रतिशत, ३ वर्षभन्दा माथि ५ वर्षसम्म व्यतित बीमालेखमा २५ प्रतिशत र ५ वर्षभन्दा माथि व्यतित भएका बीमालेखहरूमा २० प्रतिशत छूट दिने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

उक्त योजनामा समावेश भएका बीमालेखहरू पुनर्जागरणको मितिदेखि १ वर्ष भित्र समर्पण भएमा प्रदान गरिएको बिलम्ब शुल्क छूट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले बताएको छ ।

Advertisement

एक पटक विलम्ब शुल्कमा छूट लिई सकेका बीमितहरूलाई पूरा बीमा अवधिभर पुनः छुट नदिने जानकारी समेत कम्पनीले दिएको छ ।उक्त परिमार्जित व्यवस्था जेठ १ गतेदेखि असार ६ गतेसम्म मात्र लागू हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री