सानिमा रिलायन्स लाइफद्वारा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
सानिमा रिलायन्स लाइफले प्रदेश २ अन्तर्गतका सम्पूर्ण कर्मचारीहरूका लागि क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीले शनिबार कर्मचारीहरुका लागि बर्दिवासमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पान्डेको उपस्थितिमा संचालित उक्त कार्यक्रममा ५५ जना भन्दा बढी कर्मचारीहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पान्डेले कर्मचारीहरू कम्पनीको मेरुदण्ड भएको र यस प्रकारको तालिमले उनीहरूको कार्य सम्पादन क्षमता अभिवृद्धि हुन गई ग्राहक सेवा सुदृडिकरण तथा संस्था सशक्तिकरणमा सहयोग पुग्ने बताउनुभयो । वर्तमान सन्दर्भमा कम्पनीहरूको सञ्चालन जोखिम बढ्दै गएको भन्दै पान्डेले यस्तो कार्यक्रमले त्यस खालका जोखिम घटाउन मद्दत पुग्ने कुरा बताउनुभयो । साथै यस किसिमको कार्यक्रम देशै भर गरिने योजना रहेको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा अन्डरराइटिङ , ग्राहक सेवा, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण, अनुपालन, अभिकर्ता सेवा ,दाबी लगायत विषयमा प्रमुख सञ्चालन अधिकृत ज्ञान बहादुर रायमाझीले तालिम प्रदान गर्नुभयो भने चिफ बिजनेस अफिसर गुणराज श्रेष्ठले अनुपालनलाई मध्यनजर गर्दै नया व्यवसाय बिस्तारमा जोड दिनु पर्ने कुरा बताउनु भयो ।
प्रतिक्रिया