‘कसैले काम गरेन भनेर दोष लगाएर नपन्छिनू, जसरी पनि आयोजना समयमै निर्माण सम्पन्न गर्नू ’
प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो ४ सय ५६ मेगावाटको तामाकोशी जलविद्युत आयोजनाको काम जसरी पनि तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । बुधबार आयोजनाको स्थलगत निरीक्षणमा पुगेका प्रधानमन्त्री ओलीले निर्माण अवधि लम्बिदा आम्दानी गुम्ने भएकाले समयमै सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले निर्माण अवधि लम्बिदा दैनिक १ करोड ब्याज र विद्युत उत्पादनपछि प्राप्त हुने साढे २ करोड रुपैयाँ आम्दानी गुम्ने भएकाले समयमै सक्न निर्देशन दिँदै भने ‘यो आयोजना समयमा नबन्दा प्रत्यक्ष मात्रै होइन यसबाट अप्रत्यक्ष रुपमा झन ठूलो नोक्सानी हुन्छ, त्यसैले कसैले काम गरेन भनेर दोष लगाएर नपन्छिनू, जसरी भए पनि आयोजना समयमै निर्माण सम्पन्न गर्नू ।’
यस आयोजना २०७५ सालको पुस महिनामा पूरा हुने लक्ष्य राखिएको छ । तर हाइड्रोमेकानिकल सामान आयात र जडान गर्ने जिम्मा लिएको भारतीय कम्पनी टेक्सम्याकाले काममा ढिलाइ गर्दा आयोजना समयमा पूरा नहुने सम्भावना बढेको छ ।
प्रतिक्रिया