सोमबार, २३ असार २०८२

सिभिलले तीनपाङ्ग्रे सवारी पियाजो किन्न कर्जा उपलब्ध गराउने

समयपोष्ट २०७४ चैत २३ गते ७:२४

सिभिल बैंकले तीनपाङ्ग्रे सवारी पियाजो किन्न कर्जा उपलब्ध गराउने भएको छ । बैंकले विवेक अटोमोवाइल्स प्रा.लि सँग कर्जा दिने बारे सम्झौता गरेको हो ।

Advertisement

सम्झौतापत्रमा सिभिल बैंकका चिफ बिजनेस अफिसर सुजित कुमार शाक्य र विवेक अटोमोवाइल्स प्रा.लिका कार्यकारी निर्देशक विवेक दुगडले हस्ताक्षर गरे।

बैंकले विपन्नवर्ग कर्जा कार्यक्रम अन्तर्गत ‘पियाजो’ मा ७० प्रतिशत लगानी गर्ने बताएको छ ।

यात्रु ओसारपसार तथा सामान ढुवानीमा ‘पियाजो’ इटालियन तीनपाङ्ग्रे सवारी साधन उपयुक्त रहेको विज्ञप्तिमा जनाइएको छ । बैंकले यस अघि ५९ शाखा र नौ शाखा रहित बैंकिङमार्फत विपन्न कर्जा परिचालन गर्दै आएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री