मंगलबार, ३ असार २०८२

भारतबाट इनवार्ड रेमिटेन्स सुरु गर्दै एनआईसी एशिया बैंक

समयपोष्ट २०७४ चैत २१ गते १३:२३

एनआईसी एशिया बैंक लिमिटेडले एक्सीस बैंक लिमिटेडसँगको सहकार्यमा भारतबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको छ ।

Advertisement

बैंकले यस सम्बन्धमा एक्सीस बैंक लिमिटेड भारतसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरेसँगै भारतबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको हो ।

उक्त सम्झौता अनुसार एक्सीस बैंककोे भारतमा अवस्थित ३ हजार ५०० भन्दा बढी शाखाहरुबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको १९२ वटा शाखाहरु तथा ५ हजार भन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने बताइएको छ ।

बैंकलाई आमजनमानसले गरेको विश्वास, भरोसाले लगायतको कारणले हाल मुलुकभर १९२ शाखा सञ्चालनमा रहेको बताएको छ । शाखा सञ्चालनसँगै निजी क्षेत्रको सवैभन्दा वढि शाखा सञ्जाल भएको बैंक बन्न सफल भएको दवी गरेको छ ।

बैंकले १९३ एटीएम सञ्जाल, ४ वटा एक्स्टेन्सन काउन्टर, ४ वटा ब्रान्चलेस बैंकिङ युनिट र कुल ५ हजार भन्दा बढी रेमिट्यान्स पेमेन्ट एजेन्टसहित ५ हजार ३९३ भन्दा बढी भौतिक सञ्जालमार्फत बैंकिङ सेवा मुलुकभर प्रदान गर्दै आएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री