आइतबार, २२ असार २०८२

‘कुलिङ पिरियड’ विवाद : सात सदस्यीय छानबिन समिति गठन गर्ने सहमति

समयपोष्ट २०८२ असार २१ गते १९:१०

Advertisement

‘सङ्घीय निजामती सेवा विधेयक २०८०’ मा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको तोडमोड र अनियमितताको छानबिन गर्न सात सदस्यीय विशेष संसदीय समिति गठन गर्ने सहमति भएको छ। सभामुख देवराज घिमिरेसहित विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरूबीच शनिबार भएको छलफलले यो निर्णय गरेको नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

संसद्को नियमावली, २०७५ को नियम १८० बमोजिम गठन हुने उक्त समितिमा नेपाली कांग्रेस र नेकपा (एमाले) बाट दुई-दुई जना, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट एक-एक जना सदस्य रहनेछन्। समितिको नेतृत्व नेपाली कांग्रेसले गर्ने बर्तौलाले बताए।

समितिमा रहने सदस्यहरूको नामावली सोमबार बस्ने प्रतिनिधिसभाको बैठकमा सार्वजनिक गरिने बताइएको छ। संसद्को आगामी बैठकले समिति गठनको निर्णय अनुमोदन गर्नेछ, र समितिलाई छानबिन तथा अध्ययनका लागि १५ दिनको समय प्रदान गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री