बुधबार, २६ वैशाख २०८१

भारत भ्रमण अघि प्रधानमन्त्री ओलीले बोलाए बैठक, पूर्वप्रधानमन्त्री चन्द देखि रेग्मीसम्म पुगे बालुवाटार

समयपोष्ट २०७४ चैत २१ गते ५:१६

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि भारतको दुई दिने राजकीय भ्रमण गर्दैछन् । भारत भ्रमणकै बिषयमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरिरहेका छन् । भारत भ्रमणका सन्दर्भमा प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुसहित परराष्ट्र मामिलाका जानकार व्यक्तित्वहरुसँग छलफल गरिरहेको बताईएको छ ।

Advertisement

बिहान साढे ९ बजेदेखि सुरु भएको छलफलमा पूर्व प्रधानमन्त्रीहरु पुष्प कमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल, लोकेन्द्र बहादुर चन्द, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी सहभागि रहेका छन् ।

यसैगरी छलफलमापरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र मामिलाका जानकार भेष्बहादुर थापा, निलम्बर आचार्यलगायतको सहभागिता रहेको छ ।
ओलीले आजको छलफलमा भारत भ्रमणका क्रममा नेपालले उठाउनु पर्ने विषयबारे सुझाव माग्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री