बुधबार, १२ वैशाख २०८१

गरिमा विकास बैंकको ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक नियुक्त

समयपोष्ट २०७८ वैशाख १६ गते १६:०८

Advertisement

गरिमा विकास बैंक लिमिटेडको ८.७५५ गरिमा ऋणपत्रको निष्काशनको लागि एनआईबिएल एस क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकको नियुक्त भएको छ ।

सो सम्बन्धि सम्झौतामा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले बुधबार हस्ताक्षर गर्नुभएको छ ।

बैंकले रु.१,००० अंकित दरको १०,००,००० (दश लाख) कित्ताले हुने रु.१,००,००,००,००० (एक अर्ब मात्र) रकम बराबरको ऋणपत्र निष्काशन गर्नेछ ।

गरिमा विकास बैंकले २०६४ साल श्रावण २२ मा कम्पनी ऐन, २०६३ अन्तर्गत समावेशीकरण गरेको थियो र मिति २०६४ आश्विन २४ मा आफ्नो वित्तीय कारोबार गर्नको लागि नेपाल राष्ट्र बैंक बाट इजाजतपत्र प्राप्त गरेको थियो ।

बैंकले २०६४ कात्तिक १८ मा स्याङजा बाट वित्तीय कारोबारहरु सुरु गर्याे । बैंकले २०७४ चैत्र २७ मा आफ्नो केन्द्रीय कार्यालय महेन्द्र पुल, पोखरा, कास्कीबाट लाजिम्पाट काठमाण्डौंमा सारेको हो । हाल बैंकको ३४ जिल्लामा १०६ शाखा कार्यालयहरु संचालित छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री