शनिबार, १५ वैशाख २०८१

राष्ट्र बैंकले पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने

समयपोष्ट २०७८ वैशाख ५ गते २२:०९

Advertisement

नेपाल राष्ट्र बैंकले सोमबार रु पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले एक सूचना मार्फत बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको छ ।

सूचना अनुसार रु २० करोड बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि विक्री गर्न लागिएको छ । सो बिल आगामी साउन ५ गते परिपक्व हुनेछ । यस्तै रु पाँच अर्ब बराबरको ट्रेजरी बिल भने कूल १८२ दिनका लागि विक्री गरिने छ ।

सो बिल भने आगामी कात्तिक २ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले यसअघि गत चैत ३० गते रु २० अर्ब २५ करोड बराबरको टे«जरी बिल विक्री गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री