शुक्रबार, १४ वैशाख २०८१

२० औं वार्षिकोत्सवको अवसरमा कुमारी बैंकको नि:शुल्क स्वास्थ सिविर र रक्तदान

समयपोष्ट २०७७ चैत २४ गते १९:२८

Advertisement

कुमारी बैंक लिमिटेडले २० औं वार्षिकोत्सवको अवसरमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

बैंकले शनिवार, थाङपालधापमा काठमाडौं मेडिकल कलेजको सहकार्यमा शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । उक्त कार्यक्रममा ७०० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

यससंगै बैंकको कर्मचारी युनियनको नेतृत्वमा नक्साल शाखामा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा ११४ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गर्नु भएको बैंकले जनाएको छ ।

हालसम्म आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री