आइतबार, २३ वैशाख २०८१

लकडाउनमा घर मै ‘सेक्स पार्टी’ आयोजना गरेपछि…

समयपोष्ट २०७७ वैशाख १३ गते १९:५६

Advertisement

कोरोना भाइरसको महामारी फैलिन नदिन बेलायतमा अहिले लकडाउन भइरहेको छ। तर, लकडाउनकै दौरान दुई यौनकर्मी बोलाएर घरमा ‘सेक्स पार्टी’ गरेको आरोप लागेका म्यानचेस्टर सिटीका रक्षक केल वालकरमाथि क्लबले जरिवाना गर्ने भएको छ।

ब्रिटिस सञ्चारमाध्यम ‘द सन’को रिपोर्टमा वालकर र उनका एक साथीले उनको घरबाट निस्केका लुइस म्याकनमारा र एक २४ वर्षीया ब्राजिलियन महिलालाई २२ सय पाउण्ड तिरेको दाबी गरेको थियो। जुन दिन वालकरले सामाजिक सञ्जालमा पोष्ट गर्दै सरकारको आग्रह पालना गर्न सर्वसाधारणलाई आग्रह गरेका थिए।

म्यानचेस्टर सिटीले वालकरको यो गलत कार्यका लागि २ लाख ४० हजार पाउन्ड जरिवाना गर्ने भएको छ। वालकरले आफ्नो गल्ती स्विकार गर्दै सामाजिक सञ्जालबाट माफी पनि मागेका छन्। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री