शनिबार, १५ वैशाख २०८१

गभर्नरमा तीन जनाको नाम सिफारिस

समयपोष्ट २०७६ चैत २४ गते १२:४२

Advertisement

 

नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस भएको छ । गभर्नर छनौट सिफारिस समितिले मायम मुकायम गभर्नर चिन्तामणि शिवाकोटी, पूर्व अर्थसचिव डा. राजन खनाल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको नाम सिफारिस भएको हो ।

मन्त्रिपरिषद्ले चैत ९ गते अर्थमन्त्री डा. खतिवडाको संयोजकत्वमा यस्तो समिति गठन गरेको हो । समितिमा राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराई र नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बाँस्कोटा रहेका छन् ।

समितिले गभर्नरका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रको लब्ध प्रतिष्ठित ब्यक्तिहरू मध्येबाट दुईजना छान्नु पर्ने छ भने एकजनो राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट छान्नुपर्ने कानुनी ब्यवस्था छ ।

चैत ५ गतेदेखि यसअघिका गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल सकिएसँगै नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नरका रुपमा चिन्तामणि शिवाकोटीलाई जिम्मेवारी दिइएको छ ।

त्यसै अनुसार समितिले राष्ट्र बैंकको १७ औं गभर्नरका तीन जनाको नाम सिफारिस गरेको हो । अब यी तिनमध्ये एक जना गभर्नर हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री