शनिबार, १५ वैशाख २०८१

जोखिम हरेक घरको चुलो–चुलोमा छ

एनपी प्रधान, सीईओ, लुम्बिनी जनरल इन्स्योरेन्स

समयपोष्ट २०७५ चैत १ गते ९:४२

Advertisement

लुम्बिनी जनरल इन्स्योरेन्सको पछिल्लो अवस्था कस्तो छ ?

लुम्बिनी इन्स्योरेन्सको हालको अवस्था एकदमै राम्रो छ । हामी क्वालिटी म्यानेजमेन्टमा अगाडि बढेका छौँ । हामीले आईएसओ सर्टिफिकेट पनि हासिल गरिसकेका छौँ । अहिले ४५ शाखा–उपशाखाहरू सञ्चालनमा छन् । हाम्रो वित्तीय अवस्था पनि राम्रो छ । हामीसँग हाल ८८ करोड रूपैयाँ पुँजी रहेको छ । एनएफआरएसको कारणले १ अर्ब पुँजी पुर्याउन ढिलाइ भएको छ । यो हुनेबित्तिकै हामी एक अर्ब पुँजी पुर्याउँछौँ ।

नयाँ बीमा कम्पनीहरू थपिएसँगै आफूलाई कसरी प्रतिस्पर्धामा उतार्दै हुनुहुन्छ ?

नेपालको आर्थिक अवस्थाअनुसार कति चाहिन्छ भन्ने लेखाजोखा नभई सङ्ख्यामा धेरै वृद्धि भएको छ । भारत जस्तो ठूलो देशमा जम्मा २८ कम्पनी छन् भने हाम्रो जनरलमा २० र लाइफमा १९ कम्पनी रहेका छन् । जुन हाम्रो जस्तो मुलुकको लागि सङ्ख्यामा धेरै नै हो । लगभग पुँजीबराबर नै कम्पनी देखिन्छ । २० वटा कम्पनीको २० अर्ब पुँजी छ । लगभग २२ को हाराहारीमा व्यवसाय छ । त्यो मानेमा प्रतिस्पर्धा नै छ ।

बीमाको आवश्यकता महसुस गर्नेको सङ्ख्या न्यून छ । यसलाई अनिवार्य बनाउन के गर्नुपर्ला ?

सबैभन्दा पहिले हरेक गाउँपालिका, नगरपालिकामा बीमालाई कार्यान्वयन गर्न सक्नुपर्छ । टाढाको कुरा नगरौँ, यही काठमाडौँमै पनि ९५ प्रतिशत घरहरूको बीमा भएका छैनन् । टुँडिखेलमा तीन महिना बास बस्दा समेत मानिसहरूमा त्यो सचेतना आएको छैन ।

सबैभन्दा पहिले हरेक गाउँपालिका, नगरपालिकामा बीमालाई कार्यान्वयन गर्न सक्नुपर्छ । टाढाको कुरा नगरौँ, यही काठमाडौँमै पनि ९५ प्रतिशत घरहरूको बीमा भएका छैनन् । टुँडिखेलमा तीन महिना बास बस्दा समेत मानिसहरूमा त्यो सचेतना आएको छैन । भोलि भैपरी आएको खण्डमा जे पर्छ, पर्छ भन्ने सोच मानिसमा छ । त्यसरी नलिई बीमालाई जोखिम हस्तान्तरणको रूपमा लिएर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता हो  ।

बीमा भनेको जोखिम हस्तान्तरण गर्ने एउटा माध्यम मात्र भन्ने कुरा मानिसले बुझ्न सकेनन् । काठमाडौँ जस्तो ठाउँ जहाँ शिक्षित वर्गहरू छन्, आर्थिक सम्पन्नता देखिन्छ, तैपनि घरहरूको बीमा भएको देखिँदैन । यो एउटा विडम्बना नै हो । जोखिम त हरेक घरको चुलो–चुलोमा छ । जहाँ ग्यास छन्, जसको स्ट्यान्डर्ड मापन भएको छैन । ती कुराहरूको जोखिम हामीलाई बोध भएको छैन । ती कुराहरूको समयमा नै जोखिम हस्तान्तरण गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।

दाबी भुक्तानीमा कम्पनीहरूले आलटाल गरेर हैरान पार्छन् भन्ने पनि सुनिन्छ ?

दाबी भुक्तानी भन्ने कुरा हामी छिटोभन्दा छिटो गर्न सक्छौँ । विभिन्न कम्पनीहरूको व्यवहारिक भए पनि नभए पनि अन द स्पट भन्ने चलन छ । हामीले पनि छिटोभन्दा छिटो दाबी भुक्तानी गर्न स्मार्ट क्लेम सर्भिस भनेर गर्ने गरेका छौँ । त्यो भनेको कागजपत्र समयमै उपलब्ध भएको खण्डमा मृत्यु दाबी हामी सात दिनभित्र, कृषि बीमाको दाबी ३० दिनभित्र गर्छौं । अन्य दाबी पनि सकेसम्म दुई–तीन महिनाभित्र भुक्तानी गर्ने प्रयास हामी गर्छौं । तर कतिपय कागजपत्रहरू बीमितले समयमा नै उपलब्ध नगराइदिँदा सर्भेयरहरूले रिपोर्ट समयमा नै दिन सक्दैनन् । त्यसले गर्दा पनि ढिलो हुन्छ । गोरखा भूकम्पको दाबी भुक्तानी १८ महिनाभित्र सम्पन्न गर्न हामी सफल भएका थियौँ । जुन अन्य कम्पनीहरूले गर्न सकेका थिएनन् । कसैको त केही अझै पनि पेन्डिङ नै छन् ।

कागजपत्र समयमै उपलब्ध भएको खण्डमा मृत्यु दाबी हामी सात दिनभित्र, कृषि बीमाको दाबी ३० दिनभित्र गर्छौं । अन्य दाबी पनि सकेसम्म दुई–तीन महिनाभित्र भुक्तानी गर्ने प्रयास हामी गर्छौं ।

 

जागिरको लागि बीमालाई पहिलो रोजाइ बनाउन के गर्नुपर्ला ?

बैङ्क र बीमाको व्यवसाय नै फरक ढङ्गको छ । बैङ्कमा नगद लिएर कारोबार गर्ने हो । बीमामा जोखिम क्षतिपूर्तिको काम गर्नुपर्ने हुनाले यो अलि क्रिटिकल र भिन्न किसिमको मानिन्छ । तर बीमा नभई बैङ्क, व्यवसाय चल्दैनन्, हवाईजहाज उड्दैनन् र गाडी पनि गुड्दैनन् । अहिले त बीमा नभए चुलो पनि नबल्ने स्थिति आइसक्यो । त्यस कारण हरेक क्षेत्रमा बीमा आवश्यक छ । यसलाई हरेक निकायले कार्यान्वयन गराउन अति आवश्यक छ ।

बीमा क्षेत्रमा विद्यमान क्रस होल्डिङ हटाउने र मर्ज गरेर सङ्ख्या घटाउन कत्तिको आवश्यक छ ?

यो नियामनकारी निकायले सोच्ने कुरा हो । हामीले त्यसै भन्न मिल्दैन । नेपालमा बीमा कम्पनी एक वर्षको अवधिमा लगभग दोब्बर १९ बाट ३९ पुगिसकेको छ । त्यस्तो किसिमले वृद्धि भएको अवस्थामा लाइसेन्स पनि हचुवाको भरमा वितरण भयो । मर्जको कुरा धेरै पटक उठे पनि हुन गाह्रो छ ।

कम्पनीका आगामी योजना के छन् ?

बीमा कम्पनीहरूमा शीर्ष पाँच स्थानको उपलब्धि हासिल गर्ने हाम्रो योजना छ । त्यसले दिगो विकास र दिगो सेवा पुग्छ कि भन्ने हाम्रो सोच छ । त्यसको लागि विभिन्न उपायहरू अवलम्बन गरिरहेका छौँ । क्वालिटी म्यानेजमेन्टमा त हामी आईएसओ सर्टिफाइड नै छौँ । त्यसलाई वृद्धि गर्दै सुधार गर्दै लैजाने छौँ । अण्डर राइटिङको हिसाबले फेयर अण्डर राइटिङ पोलिसीको सुरुवात गरेका छौँ । त्यस्तै, स्मार्ट क्लेम सर्भिस भनेर छिटो–छरितो ढङ्गले कसरी दाबी भुक्तानी गर्न सकिन्छ, त्यता जोड दिएका छौँ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री