सञ्चारकर्मी बगाले सम्मानित

काठमाडौँ, ११ कात्तिकः जनसवाल राष्ट्रिय दैनिकका सम्पादक तथा अध्यक्ष रामजी बगाले सम्मानित हुनुभएको छ ।
आज एक कार्यक्रमबीच प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष महेशकुमार श्रेष्ठले संयुक्त रूपमा उहाँलाई प्रमाणपत्रसहित सम्मान गर्नुभएको हो । जेन्जी प्रदर्शनका क्रममा क्षतिग्रस्त काठमाडौँ उपत्यका ‘ट्राफिक कन्ट्रोल रूम’ पुनर्निर्माणमा सञ्चारमाध्यमका तर्फबाट उल्लेखनीय सहयोग पु-याएबापत उहाँलाई सम्मान गरिएको हो ।
एनआरएनएको करिब रु ७५ लाख रुपैयाँ लागतमा पुनर्निर्माण गरिएको छ । सम्मान ग्रहणपछि सञ्चारकर्मी बगालेले भन्नुभयो, “यो सम्मान मेरो पत्रकारिता यात्राको प्रेरणाको स्रोत बनेको छ । यसले मेरो मनोबल र जिम्मेवारी दुबै बढाएको छ ।”
उक्त पुनर्निर्माणले प्रवासी नेपाली र मातृभूमिको सम्बन्धलाई अझ सशक्त बनाएको भन्दै एनआरएनएको सराहना गरेका छन् ।




























प्रतिक्रिया