बुधबार, ७ साउन २०८२

केएमसीमा इन्भेष्टमेण्ट बैंकको एक्स्टेन्सन काउन्टर र एटिएम

समयपोष्ट २०७५ फागुन २७ गते १८:१७

नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा आफ्नो ११औं एक्स्टेन्सन काउन्टर र १११औं एटिएम एकसाथ खोलेको छ ।

काउन्टर र एटिएमको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र काठमाडौं मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. दामोदर प्रसाद पोखरेलले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

आजैदेखि केएमसीमा जन्मने नवजात शिशुहरुको खाता खोलिएमा निशुल्क ५ सय रुपैयाँ खातामा राखिदिने र उक्त खातामा बैंकले तोकेको न्युनतम औषत मौज्दात जम्मा भएपछि जन्मदिनमा बैंकले केक उपहार दिने बताइएको छ ।

काउन्टरले रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्ने छ । मासिक लगभग ३० हजार विरामीको उपचार हुने केएमसीमा मेडिकल साइन्सका विभिन्न संकायमा हजार भन्दा बढी विद्यार्थीहरु अध्यायनरत छन् भने हजार कै हाराहारीमा डाक्टर तथा कर्मचारीहरु कार्यरत छन् ।

विगत लामो समयदेखि आफ्नो सेवा प्रदान गरिरहेको केएमसीसंगको नाता मजबुत बनाउने र आर्थिक कारोबारमा सहजता प्रदान गर्ने उद्देश्यले बैंकले सेवा विस्तार गरेको बैंकले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री