मंगलबार, ११ वैशाख २०८१

उद्यमशीलताका लागि बीमा : विजयबहादुर शाहको विश्लेषण

समयपोष्ट २०७५ फागुन २० गते १३:४९

Advertisement

नयाँ कम्पनीहरू थपिएसँगै सबैलाई व्यवसाय वृद्धि गर्न ठूलो चुनौती आएको छ । पोहोरभन्दा यो साल बढ्नु र यो सालभन्दा अर्को साल बढ्नुपर्ने कुरा प्राकृतिक नै हो । त्यो परिप्रेक्ष्यमा अहिले बीमा क्षेत्र असाध्यै तरङ्गित छ । नयाँ कम्पनीहरूलाई आफ्नो पहुँच अभिवृद्धि गर्नुपर्ने हिजोका दिनमा दिइरहेको सेवा भन्दा फरक र अझ उत्कृष्ट तरिकाले दिनुपर्ने चुनौती छ । पुराना स्थापित कम्पनीहरूलाई पनि आफ्नो बजार हिस्सा, साख जोगाइराख्न एकदम लाग्नुपर्ने अवस्था छ ।

बैङ्क र बीमाको फरक
धेरै ठाउँमा पहिला विकास भएको उद्यमशीलता हो । त्यसको केही पछि जोखिम व्यवस्थापनको काम भएको हामीले देख्छौँ । नेपालमा १९९४ सालमा नेपाल बैङ्कको स्थापना भयो । त्यसको दश वर्षपछि मात्र नेपाल इन्स्योरेन्स कम्पनी २००४ सालमा स्थापना भयो । त्यस कारण कहीँ न कहीँ दश वर्षको ग्याप थियो ।

जब निजी क्षेत्रलाई बैङ्किङमा प्रवेश दिइयो, बीमा कम्पनीको तुलनात्मक रूपमा त्यही हिसाबले सङ्ख्या बढेनन् । त्यसको पहिलो कारण यस व्यवसायको प्रकृति फरक भएर हुन सक्छ । यो यस्तो व्यवसाय हो, जसले आश्वासन दिन्छ र प्रिमियम लिन्छ । त्यस कारण धेरै मानिसहरूले यो प्रडक्टलाई आत्मसात् गर्न सक्दैनन् । त्यसले पनि कहीँ न कहीँ केही भूमिका खेलेको हुन सक्छ ।

बैङ्क तथा वित्तीय संस्थाहरू धेरै खुलेका हुनाले बैङ्कप्रति एउटा ग्ल्यामर रह्यो । त्यस कारण नयाँ पुस्ताहरू जो हरेक वर्ष ग्रयाजुयट हुन्छन्, लामो समयसम्म उनीहरूको पहिलो रोजाइमा बैङ्क तथा वित्तीय संस्थाहरू नै परे । उत्कृष्ट मान्छे भइसकेपछि त्यसको पहिचान नै फरक हुन्छ । अर्को, बैङ्कसँग बीमा कम्पनीभन्दा धेरै पुँजी भएको अवस्था थियो । त्यस कारण उनीहरूले प्रविधि, जनशक्ति, शाखा सञ्जालहरू विस्तार गर्न र छाप स्थापना गर्न सक्षम भए । बीमाको पुँजी असाध्यै न्यून थियो । भर्खरै निर्जीवन बीमा कम्पनीले असार मसान्तभित्र एक अर्ब चुक्ता पुँजी पुर्याउँदैछन् ।

बैङ्क तथा वित्तीय संस्थाभन्दा बीमा अलिकति पछाडि परेको थियो । तर अहिले अवस्था बद्लिँदो छ । धेरै उत्कृष्ट मानिसहरूले बीमाको महत्वलाई बुझेर बीमालाई नै छानेको अवस्था पनि छ ।

केही कम्पनीहरूले पुर्याइसकेका छन् भने केही पुर्याउने प्रक्रियामा रहेका छन् । यी सबै कारणहरूले गर्दा बीमाले जुन किसिमको ग्ल्यामर क्रियट गर्नुपर्ने थियो, त्यसमा केही चुकेको देखिन्छ । बैङ्क तथा वित्तीय संस्थाभन्दा बीमा अलिकति पछाडि परेको थियो । तर अहिले अवस्था बद्लिँदो छ । धेरै उत्कृष्ट मानिसहरूले बीमाको महत्वलाई बुझेर बीमालाई नै छानेको अवस्था पनि छ ।

 


बीमा र उद्यमशीलता

बीमाको विकास उद्यमशीलतासँग जोडिएर आएको छ । हामी धेरै पहिलो या दोस्रो पुस्ताका व्यवसायी छौँ । हामीले ठूलो मात्रामा अपरेसन सुरु गर्न लागेको भर्खर–भर्खरै हो । हामीहरूकोमा कर्पोरोटाइजेसन भएको थिएन । कसैको बाजेले कुनै व्यवसाय गरेको छ भने त्यस व्यवसायलाई त्यही परम्परागतरूपमा नै गरियो । मेरो आफ्नै सम्पत्ति हो, परेको नाफा र नोक्सान म आफैँ बेहोर्छु भन्ने मनस्थिति थियो । किन भन्दा त्यो सानै स्केलमा सुरु गरिएको थियो र सानै स्केलमा राखिएको थियो ।

तर जब मानिसलाई पुँजीको शक्तिको बारेमा थाहा भयो, त्यहीअनुसार व्यवसायको आकार पनि बढ्न गयो । त्यहाँ अरू स्टेक होल्डर पनि सामेल भए । उदाहरणको लागि यदि बैङ्कले ऋण दिएको छ भने त्यो सम्पत्तिमा बैङ्कको पनि चासो भयो । त्यस्तो अवस्थामा जोखिम हस्तान्तरण अपरिहार्य भयो । त्यस कारण यदि उद्यमशीलताको विकास दुई पुस्ताअगाडि भएको भए बीमा आजको भन्दा फरक स्थितिमा आउँथ्यो । तर हामीले त भर्खर–भर्खर उद्योगको बारेमा सोचिरहेका छौं। आजको दिनमा पनि देशभित्र हामीलाई आवश्यक पर्ने उद्योगहरू पनि यथेष्ट मात्रामा खुलिसकेका छैनन् । हामी अझै पनि ९० प्रतिशतभन्दा बढी आयात नै गरेर दैनिकी चलाइरहेका छौँ । त्यस कारण म यहाँ अवसर देख्छु । हामीले उद्यमशीलताको विकास नगरी धर नै छैन । हामी बाहिर जाने र त्यहाँबाट ल्याएको पैसाले मात्र आवश्यकता पूरा गर्छौँ भन्नतिर लाग्यौँ भने अगाडि बढ्न सक्दैनौँ । त्यस कारण राष्ट्रमा त्यहीअनुसारको नीति ल्याउन आवश्यक छ, जसले गर्दा केही क्याप्टिभ उद्योगहरूको ग्रोथ हुनुपर्छ । दोस्रो, उद्यमशीलताको विकासका लागि प्रचार–प्रसार र तेस्रो उद्यमी हुन प्रेरित गर्नुपर्छ । हिजोका दिनमा हाम्रो शिक्षा पनि त्यस्तै थियो, जहाँ हामी जागिरलाई प्राथमिकता दिन्थ्यौँ । उद्यमशीलतालाई गौण ठान्थ्यौं । जस्तो– हाम्रो समाजमा नेवारहरू छन्, जो लामो समयदेखि व्यवसाय मात्र गर्दै आएका छन् । उनीहरूले व्यवसाय बुझेका छन् । तर अन्य समुदाय ब्राह्मण, क्षेत्रीलगायतहरू व्यवसाय गर्ने समुदाय होइन । उनीहरू शिक्षा या सेवातिर थिए । तर अहिलेको पुस्तालाई हेर्ने हो भने यो क्रमशः परिवर्तन हुँदैछ । जो परम्परागत उद्योग व्यवसायीहरू थिए, उनीहरू व्यवसायबाहेक अन्य क्षेत्रतिर लाग्न थालेको हामी देख्छौँ । जो व्यवसायिक पृष्ठभूमिबाट आएका होइनन्, उनीहरू व्यवसायतिर लाग्न लागेको हामी देख्छौँ ।

नेपालीले कर्मलाई पुज्न थालेको भान हुन थालेको छ । उद्यमशीलताको विकास भइरहेको छ । ती उद्यमशीलहरू यथास्थितिमा रहँदैनन् । उनीहरूसँग ठूलो सपना छ । आज कसैले ५० लाख लगानी गरेर व्यवसाय सुरु गरेको छ भने ऊ त्यस व्यवसायलाई ५० लाखमा मात्रै सीमित राख्न चाहँदैन । उसले त्यसलाई भोलि एक सय करोड बनाउने सपना देखेको हुन्छ । हो, तिनै उद्यमीहरूले नै बीमाको विस्तारमा योगदान पुर्याउँछन् ।

अब नेपालमा सोचमा परिवर्तन आइरहेको छ । यो काम यसले गर्न हुने, उसले नहुने भन्ने छैन । नेपालीले कर्मलाई पुज्न थालेको भान हुन थालेको छ । उद्यमशीलताको विकास भइरहेको छ । ती उद्यमशीलहरू यथास्थितिमा रहँदैनन् । उनीहरूसँग ठूलो सपना छ । आज कसैले ५० लाख लगानी गरेर व्यवसाय सुरु गरेको छ भने ऊ त्यस व्यवसायलाई ५० लाखमा मात्रै सीमित राख्न चाहँदैन । उसले त्यसलाई भोलि एक सय करोड बनाउने सपना देखेको हुन्छ । हो, तिनै उद्यमीहरूले नै बीमाको विस्तारमा योगदान पुर्याउँछन् ।

बीमाको आवश्यकता
हरेक क्षेत्र व्यवसायिक रूपमा लगिएन भने बीमा नगर्दा पनि हुन्छ भन्ने मनस्थिति राख्छ । जस्तो– हामीले करेसाबारीमा लगाएको केही काउली र गालेभेडाको बीमा गर्नुपरेन । त्यो हामी आफैँ खाने हो र हाम्रै भान्सामा लैजाने हो । तर दश–बीस रोपनी जग्गामा व्यवसायिक रूपमै खेती लगायौँ र कुनै कारणवश जस्तो– असिनापानी पर्यो, कीरा लाग्यो र बजारमा लैजान पाइएन भने लगानी डुब्ने भयो । त्यस्तो अवस्थामा नेपाली किसानले पनि बीमा गरेको अवस्था छ ।

जसले सानै स्केलमा भए पनि पशुपालन गरेको छ । त्यसबाटै आयलाई थप गर्छु भनेर लागेको छ, उसले बीमा गरेको छ । तर जसले होइन, यो दशैँको लागि पालेको खसी हो भन्यो भने बीमा नगरे पनि भयो । अथवा नगरेको अवस्था छ । त्यस कारण व्यवसायिक उद्यमशीलता देशकै लागि आवश्यक छ । हामीले उद्यमी उत्पादन गरेनौँ भने जे पढाए पनि के मतलब ! त्यस कारण बढाउने उद्यमशीलता नै हो । उद्यमशीलता गर्ने सन्दर्भमा त्यसमा रहेका जोखिमहरूलाई कसरी हस्तान्तरण गर्न सकिन्छ भनेर उद्यमी लगानीकर्ताले पनि सोच्छ । यी तीनै चिजलाई सेन्स गरेर बीमाले उसले खोज्नुभन्दा पहिल्यै प्रडक्ट तयार पार्छ ।

व्यवसायमा रहेका अनिश्चिन्तताबाट निश्चिन्तता दिनकै लागि बीमा चाहिने हो । बीमा उद्योगले पनि त्यस्ता अवसरहरू सेन्स गर्छ । उद्यमीले पनि आफ्नो व्यवसायमा रहेका जोखिममध्ये कति बीमाको मार्फत् हस्तान्तरण गर्न सकिन्छ भनेर आफ्नो निश्चितन्ता बढाउँदै लैजान्छ । यसमै दुईको मिलन बिन्दु छ ।

कसैले गोलभेडा खेती गर्यो । उसले त्यो गोलभेडाको बीमा गरेको छ । भोलि असिना परेर गोलभेडा नोक्सान हुँदा त्यसको क्षतिपूर्ति बीमाले दिन्छ भन्दा त गोलभेडा कृषक ढुक्क हुने भयो । आकाशमा बद्ली देख्नेबित्तिकै उसले चिन्ता गर्नुपरेन । ऊ ढुक्कसँग निदाउन सक्ने भयो । बीमाले दिने भनेकै निश्चिन्तता हो । त्यस कारण व्यवसायमा रहेका अनिश्चिन्तताबाट निश्चिन्तता दिनकै लागि बीमा चाहिने हो । बीमा उद्योगले पनि त्यस्ता अवसरहरू सेन्स गर्छ । उद्यमीले पनि आफ्नो व्यवसायमा रहेका जोखिममध्ये कति बीमाको मार्फत् हस्तान्तरण गर्न सकिन्छ भनेर आफ्नो निश्चितन्ता बढाउँदै लैजान्छ । यसमै दुईको मिलन बिन्दु छ । बाहिरतिर पनि यसलाई नै इनक्याच गर्दै भ्यालु चेनमा निहित जोखिमहरूलाई कसरी बीमामार्फत् हस्तान्तरण गर्न सकिन्छ भनेर पहिचान गर्ने र सम्बोधन गर्ने काम भइरहेको छ ।

दाबी भुक्तानी
बीमा भनेको आश्वासन दिने व्यवसाय हो । त्यस कारण जब क्षति हुन्छ, क्षति भएका प्रमाणहरू बुझाउनुपर्छ । त्यो हामीले बीमा लेख जारी गर्दा नै जानकारी दिएका हुन्छौँ । ती प्रमाणहरू बुझाउँदा एक–दुईवटा काजगहरू मात्रै पनि पुगेनन् भने त्यो प्रक्रिया नै अवरुद्ध हुन्छ । त्यसले तुलनात्मक रूपमा लामो समय लिन्छ । आजको दिनसम्म पनि हामीले प्रविधिलाई धेरै प्रयोग नगरिसकेको हुनाले पेपर डकुमेन्टमा नै आधारित छौँ । त्यस कारण अब बीमालाई चुस्त बनाउनका लागि डिजिटाइज गर्न एकदम जरुरी छ । डिजिटाइज गरियो भने त्यो सूचना तुरुन्तै सम्बन्धित शाखा अथवा केन्द्रीय कार्यालयसम्म पुग्छ । डिजिटल भएको हुँदा त्यसलाई हो कि होइन भनेर इलेक्ट्रोनिकल्ली चेक गर्न सकिन्छ । यो सबै बीमा कम्पनीको चासो हो । हामी सबैलाई दाबी भुक्तानी छिटो दिन सकेनौँ भने हाम्रा ग्राहक र सम्भावित ग्राहक पनि हामीबाट विमुख हुन्छन् । हामीले हाम्रो व्यापार गुमाउँछौँ भन्ने सबैले बुझेका छन् । त्यस कारण सबैले यसलाई चुस्त बनाउन लागिपरेका छन् ।

बटमलाइन भनेको हाम्रा ग्राहकहरूको सन्तुष्टि नै हो । दाबी परिसकेपछि कति छिटो र कति सहज तरिकाले दिन्छौँ भन्ने कुराले मापन गर्छ । हामी सबै यसको स्तरोन्नति कसरी गर्ने भन्नेतिर लागिरहेका छौँ ।

 

मलाई लाग्छ, प्रत्येक कम्पनीको एउटा स्किम छ । जहाँ हामीले सानो दाबीको हकमा त्यो सबै गर्नुनपर्ने र छिटो–छरितो गर्नुपर्ने व्यवस्था गरेका छौँ । तर भोलिका दिनमा डिजिटाइज भयो भने मैले त्यो सम्पत्ति, जनावरको फोटो खिचेको हुन्छु । भोलि क्षति भयो भने त्यो क्षतिको फोटो आउँछ । हामी त्यो हो कि होइन भनेर म्याच गर्छौं । त्यसका अन्य रेकर्ड हेर्छौँ । त्यस कारण सानातिना दाबी हामी तुरुन्त दिन सक्छौँ । बीमा भवितव्य पर्यो भने भोलि सहयोग पाइन्छ भनेर गर्ने हो । त्यस कारण यदि ठूलो क्षति आयो भने आफ्नो ग्राहकलाई पुनर्निर्माण गर्न पेश्की दिने चलन छ । किनभने उसले पुनर्निर्माण गर्दा पनि तीन वर्षको प्रोजेक्ट एकै दिनमा भन्ने होइन । त्यस कारण उहाँहरूलाई क्रमशः पैसा दिँदा क्यास फ्लोमा पनि दबाव नपर्ने । क्षतिको पनि मूल्याङ्कन हुने र व्यवसाय पुनःस्थापित हुने चलन छ । तर बटमलाइन भनेको हाम्रा ग्राहकहरूको सन्तुष्टि नै हो । दाबी परिसकेपछि कति छिटो र कति सहज तरिकाले दिन्छौँ भन्ने कुराले मापन गर्छ । हामी सबै यसको स्तरोन्नति कसरी गर्ने भन्नेतिर लागिरहेका छौँ ।

बैङ्कास्योरेन्स
बैङ्कासुरेन्स भनेको ग्राहकहरूले एकै ठाउँबाट बैङ्क र बीमाको सुविधा पाउने व्यवस्था हो । धेरै ठाउँमा त्यहीँ नै बीमा लेख निकाल्ने सुविधा पनि छ । हामीकहाँ भने भर्खर सुरुवातकै प्रक्रियामा छ । बैङ्कले आफूले दिएको ऋणको जुन धितो हुन्छ, त्यसको बीमा अनिवार्यरूपमा गर्नुप¥यो । किनभने त्यो धितोमा बैङ्कको पनि व्याज जोडिएको हुन्छ । केही गरी त्यो धितो तल–माथि प¥यो भने बैङ्कको ऋण डुब्न सक्ने अवस्था रह्यो । त्यस कारण बैङ्कले त्यो तुरुन्तै बीमा गर्नुपर्छ । तर कहिलेकाहीँ के हुन्छ भने यदि बैङ्कासुरेन्स छैन, त्यो फिजिकल्ली एक ठाउँबाट बीमा गरेर बीमा लेख जारी गर्ने सन्दर्भमा कहीँ ल्याक्स भइदियो भने बैङ्कहरूले नोक्सानी बेहोर्नुपर्ने हुन सक्छ । यस्तो नोक्सानी धेरै सङ्ख्यामा महाभूकम्प गएको बेला भएको थियो । जहाँ कुनै कारणले बीमा नभएको अवस्था थियो, जसले गर्दा बैङ्कहरूलाई पनि अप्ठेरो परेको अवस्था थियो । त्यस कारण बैङ्कासुरेन्स गरेपछि सिमलेस रिष्क ट्रान्सफर हुन्छ । पहिलो कुरा त्यो कहीँ पनि एक्सपोज हुँदैन । दोस्रो, ती बिजनेसलाई सर्भिस गर्न कम्पनीलाई धेरै ठाउँमा गइरहन परेन । एक ठाउँमा गएर सर्भिस दिए भयो । यसले दुवै पक्षको खर्च जोगाउँछ । बैङ्कलाई सिमलेस रिष्क ट्रान्सफर भयो र बीमा कम्पनीलाई पनि कहीँ न कहीँ क्याप्टिभ बिजनेस जस्तो धेरै बिजनेस एकै ठाउँबाट ओरिजिनेटेड हुने भएको हुनाले उनीहरूले प्रविधिको प्रयोग गरेर त्यसलाई अझ राम्रोसँग सर्भ गर्न सक्छन् । तेस्रो, मेरो कुन रिष्क कभर छ, कुन छैन भनेर ग्राहक चिन्तित हुनुपरेन । बैङ्कले नै त्यो काम गरिदिएपछि कहीँ न कहीँ ग्राहककै हात माथि हुन्छ ।

अब मानिसलाई यति हतार भइसक्यो कि हामीसँग सात, दश या पन्ध्र दिन कुर्ने समय नै छैन । हामीलाई सेवा एउटै छानामुनि चाहियो । त्यस सन्दर्भमा बैङ्कासुरेन्स अपरिहार्य भयो । अहिले सबै बैङ्कले सबैसँग बैङ्कासुरेन्स गरेको अवस्था छ ।

चौथो, बैङ्कले त्यो सेवा दिएबापत कमिसन लिने चलन छ । त्यो कमिसन बीमा कम्पनीले तिर्छन् । त्यसले गर्दा बैङ्कको आय–आर्जन पनि सप्लिमेन्ट हुने भयो । सबैभन्दा महत्वपूर्ण कुरा ग्राहकहरूले एउटै छानामुनि यी सबै सेवाहरू प्राप्त गर्न सक्ने भए । होइन भने ऊ चार ठाउँ जानुपर्ने हुन्छ । कहिले भ्यालुएटरको अफिस, बीमा कम्पनी, मालपोत कार्यालय र बैङ्कमा जानुपर्ने हुन्छ । एउटा लोन प्रोसेस गर्न सात अथवा दश दिन लाग्न सक्छ । अब मानिसलाई यति हतार भइसक्यो कि हामीसँग सात, दश या पन्ध्र दिन कुर्ने समय नै छैन । हामीलाई सेवा एउटै छानामुनि चाहियो । त्यस सन्दर्भमा बैङ्कासुरेन्स अपरिहार्य भयो । अहिले सबै बैङ्कले सबैसँग बैङ्कासुरेन्स गरेको अवस्था छ । त्यस कारण यो सेवालाई अझ सुधार गर्न आवश्यक छ र त्यहीअनुसार भइरहेको छ ।

अस्वस्थ प्रतिस्पर्धा
यदि बीमाको व्यापक प्रचार–प्रसार गर्ने हो भने सबै व्यापार व्यवसाय टाइसुट लगाएर मात्र हुँदैन । फरक ग्राहकलाई फरक किसिमको सेवा दिनुप¥यो । गाईको बीमा गर्न म सुट लगाएर गएँ भने त्यहाँको मान्छे मसँग बोल्दै बोल्दैन । त्यहाँ जाँगे लगाएर जाने हो । हामीले गाईदेखि लिएर जहाजसम्म र चल्लादेखि लिएर गाडीसम्मको बीमा गरेका छौँ  । जहाजको बीमा गर्ने र चल्ला पाल्ने मानिसको प्रोफाइल फरक हुन्छ । तर हाम्रा इन्स्योरेस एउटै छन् । जहाँसम्म विकृतिको कुरा छ, प्रतिस्पर्धा भएपछि एउटाले अर्कालाई आउटस्मार्ट गर्ने सन्दर्भमा कता–कता त्यो आउँदो रहेछ । त्यस कारण हामी बीमा कम्पनीहरू पनि त्यसबारे चिन्तित छौँ ।

बीमा व्यवसायमा बिचौलियाको चलखेल हुनुहुँदैन । बीमित र बीमा कम्पनीको मान्छेबीच एजेन्ट हुनु स्वाभाविक हो तर बिचौलिया, जसले अन्य प्रडक्टहरूसँग पनि यसलाई बण्डल अप गरेर सेल गर्न खेज्छन्, त्यस्तो हट्नुपर्छ ।

बीमाको विकास हुनुपर्छ र बीमा मर्यादित पनि हुनुपर्छ । बीमालाई कसरी मर्यादित बनाउने भन्ने परिप्रेक्ष्यमा बीमा समितिकै सौजन्यतामा एउटा कमिटी गठन भएको छ, जसले यसबारे अध्ययन गर्दैछ । अध्ययन गरिसकेपछि विकृतिहरूलाई क्रमशः कम गर्दै लैजानुपर्छ भनेर प्रत्येक यातायात कार्यालयहरूमा एउटा कम्पनीको एउटा मात्र काउन्टर हुने, एकभन्दा बढी नहुने भनेपछि एउटैका एकभन्दा बढी काउन्टर हुने व्यवस्था थियो, त्यो हट्यो । भोलिका दिनमा यस्तै भइरह्यो र बीमाप्रति यसले विश्वास जगाउनुभन्दा अलि वितृष्णा फैलाउँछ कि भन्ने लाग्यो भने कहीँ न कहीँ सबै व्यवसायलाई एकै ठाउँ राखेर पुल जस्तो बनाउनुपर्ने अवस्था आउन सक्छ । अहिले त्यसको बारेमा निश्चित भइसकेको छैन । त्यसबारे अध्ययन चलिरहेको छ । बीमा व्यवसायमा बिचौलियाको चलखेल हुनुहुँदैन । बीमित र बीमा कम्पनीको मान्छेबीच एजेन्ट हुनु स्वाभाविक हो तर बिचौलिया, जसले अन्य प्रडक्टहरूसँग पनि यसलाई बण्डल अप गरेर सेल गर्न खेज्छन्, त्यस्तो हट्नुपर्छ । बीमा व्यवस्थित, मर्यादित र सबैलाई आकर्षित गर्नेखालको हुनुपर्छ भन्ने मान्यता हो । त्यता काम भइरहेको छ । जीवन बीमामा पनि उहाँहरूले काम गरिरहनुभएको छ । निर्जीवन बीमामा हामीले काम गरिरहेका छौँ ।


मर्जको आवश्यकता
मर्जको विषय हामी व्यावसायिक म्यानेजर भन्दा पनि लगानीकर्ताको विषय हो । कसैले म यसमा लगानी गर्छु, मलाई पाँच वर्षसम्म नाफा चाहिँदैन भन्ने सोचाइ राखेर दीर्घकालीन सोचेर लगानी गर्ने पनि हुन्छन् । कोही होइन, मलाई आजको भोलि नै चाहिन्छ भन्ने पनि हुन्छन् । त्यस कारण लगानीकर्ताहरूले के सोच्छन् भन्ने हो । यदि अहिले बीमा उद्योगले दिएको प्रतिफलले उहाँहरू सन्तुष्ट हुनुहुन्छ भने उहाँले मर्ज नगर्न पनि सक्नुहुन्छ । होइन, हामी ठूलो पनि हुनुपर्छ, बजारमा पहुँच पनि बढाउनुपर्छ र भिजिबिलिटी चारैतिर हुनुपर्छ भन्नुहुन्छ भने मर्जरका कुराहरू पनि आउँछन् ।

अहिले बीमा उद्योगले दिएको प्रतिफलले उहाँहरू सन्तुष्ट हुनुहुन्छ भने उहाँले मर्ज नगर्न पनि सक्नुहुन्छ । होइन, हामी ठूलो पनि हुनुपर्छ, बजारमा पहुँच पनि बढाउनुपर्छ र भिजिबिलिटी चारैतिर हुनुपर्छ भन्नुहुन्छ भने मर्जरका कुराहरू पनि आउँछन् ।

मैले पटक–पटक भन्दै आएको छु, हामी व्यवसायिक म्यानेजरहरूको क्षेत्रभन्दा बाहिरको कुरा हो मर्जर । तर भोलि एउटा निश्चित प्रतिशतमा प्रतिफल दिनका लागि के गर्नुपर्छ ? र यति धेरै पुँजी जुन यहाँ लागेको छ, यसलाई सर्भिस गर्नका लागि कति प्रतिफल चाहिन्छ र त्यसका लागि विकल्प के–के हुन सक्छन् भन्ने सन्दर्भमा सोधियो भने हामीले भएको विकल्पबारे भन्ने हो । त्यसमा मर्जर पनि आउन सक्छ । आजको दिनमा बीमा उद्योगमा जति पुँजी लगानी भएको छ, त्यसले यथोचित प्रतिफल पाएको छैन । यो सामाजिक उद्योग भएको हुनाले आफूले कमाएको नाफा सबै लैजान पनि पाइँदैन । हामीले ३० प्रतिशत कर तिरिसकेपछि बाँकी भएको रकमको ५० प्रतिशत रकम बीमा कोषमा सार्नुपर्छ । त्यसपछि बाँकी भएको ५० प्रतिशतको १० प्रतिशत भनेको अर्को साढे चार प्रतिशत क्याटास्ट्रोफिक रिजर्भमा राख्नुपर्दछ । हामीले ३० प्रतिशत कर तिरिसकेपछि ५० र साढे चार प्रतिशत ट्रान्सफर गरिसकेपछि कति बच्छ । त्यो पैसाले आजको दिनमा दिएको प्रतिफलले कष्ट अफ क्यापिटल पनि मिट गर्दैन । कसैले म लगानी गर्छु, पाँच वर्षसम्म मलाई चाहिँदैन भन्ने छ भने त्यहाँ नचाहिने सल्लाह दिने कुरा भएन । त्यस कारण मर्जको आवश्यकता छ भन्ने लाग्यो भने मात्र लगानीकर्ताले गर्ने हो । हामीसँग पुँजीको प्रतिफल एथेष्टरूपमा पाइएको छ कि छैन या इन्डष्ट्रीले कति रिटर्न दिइरहेको छ भन्ने कुरा आयो भने हामीलहरूले हाम्रो भ्यू भन्ने हो ।

क्रस होल्डिङ
क्रस होल्डिङको विषयमा बीमा समितिले एउटा घर–परिवारमा एउटा प्रतिशतभन्दा बाहिर राख्नुहुँदैन भनेर प्रष्टरूपमा भनेको छ । मलाई लाग्छ, कसको परिवारमा कति सदस्य छन्, के छन् भन्ने कुरा भोलेन्टियर डिक्लेरेसनको पाटो हो । आजको दिनमा नियमन गर्ने मेकानिजम हामीसँग छैन । नियामकीय निकायले त्यसबाहेक सबट्यान्सियल होल्डरहरूको स्टक राखेर यदि क्रस होल्डिङ छ र आफ्नो निर्देशनको पालना भएको लागेको छैन भन्यो भने उहाँहरूले गर्नुपर्ने काम गर्न सक्नुहुन्छ । तर क्रस होल्डिङ र मर्जरको सम्बन्ध एकदम राम्रो छ । बीमालाई भोलिका दिनमा अझ सक्षम बनाउनुपर्छ । जोखिम वहन गर्न सक्ने क्षमता बढाउनुपर्छ । पहुँच बढाउनका लागि प्रविधिमा अझ लगानी गर्न आवश्यक छ । त्यस कारण अहिलेको पुँजी अपुग छ भन्ने लाग्यो भने बीमा समितिले पुँजी बढाउन निर्देशन दिन सक्छ । त्यस सन्दर्भमा जसको क्रस होल्डिङहरू छ, ती कम्पनीहरूबीचमा मर्जरको सम्भावना सम्भवतः बलियो रहन्छ । किनभने आफैँ दुईतिर भएको भयो । त्यस परिप्रेक्ष्यमा क्रस होल्डिङले सहयोग पनि गर्छ । कहीँ यसमा कसैले क्याटालिस्टको भूमिका गरिदियो । एक–दुईवटा कम्पनी बलियो भएर आए भने सम्भवतः अरूलाई पनि सङ्गठित हुन सोच्ने अवस्था आउन सक्छ ।

अहिलेको पुँजी अपुग छ भन्ने लाग्यो भने बीमा समितिले पुँजी बढाउन निर्देशन दिन सक्छ । त्यस सन्दर्भमा जसको क्रस होल्डिङहरू छ, ती कम्पनीहरूबीचमा मर्जरको सम्भावना सम्भवतः बलियो रहन्छ ।

आगामी योजना
हामीले बीमा समितिको निर्देशनअनुसार यही पौष मसान्तभित्र एक अर्ब चुक्ता पुँजी पुर्याउनका लागि गृहकार्य गरिरहेको अवस्था थियो । अहिले हामीसँग ६१ करोड रूपैयाँ चुक्ता पुँजी रहेको छ । हामीले ४० करोड रूपैयाँको हकप्रद सेयरका लागि बुक क्लोजको नोटिस पठाइसकेका छौँ । हाम्रो आईपीओको प्रोसेस सुरु भइसकेको छ । हाम्रो यो पुँजी दुई महिनाभित्र कनेक्ट हुन्छ । हामीले आईपीओको सबै काम दुई महिनाभित्र सक्छौँ । केही सबस्क्राइब भएन भने त्यसलाई लिलाम गर्ने प्रक्रिया पनि छन् ।

थप पुँजीको आवश्यकता पर्छ या पर्दैन भन्ने कुरा समितिले पनि एउटा अध्ययन गर्ला । त्यसपछि उहाँहरूकै निर्देशनबमोजिम भोलिका दिनमा हाम्रै बुताले भ्याउने भयो भने हाम्रै बुताले त्यो पुँजी बढ्छ ।

वैशाख मसान्तभित्र एक अर्ब चुक्ता पुँजी हामी पुर्याउँछौँ । बीमा समितिले सबैलाई असार मसान्तसम्म पुँजी पुर्याउन समय दिएको छ । असार मसान्तसम्म कत्तिको पुँजी पुग्छ या पुग्दैन । थप पुँजीको आवश्यकता पर्छ या पर्दैन भन्ने कुरा समितिले पनि एउटा अध्ययन गर्ला । त्यसपछि उहाँहरूकै निर्देशनबमोजिम भोलिका दिनमा हाम्रै बुताले भ्याउने भयो भने हाम्रै बुताले त्यो पुँजी बढ्छ । हाम्रो बुताले भ्याएन भने अन्य विकल्पहरूमा पनि जान सकियो । हामी ओपन छौँ ।  समयबोधबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री