राष्ट्रिय वाणिज्य बैँकद्वारा “स्मार्ट मनि टक्स्”कार्यक्रम सम्पन्न

राष्ट्रिय वाणिज्य बैँक लिमिटेडले ग्लोवल मनि विक २०२६ का अवसरमा शूक्रबार “स्मार्ट मनि टक्स्” कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाण्डौ नयाँ बानेश्वरमा अवस्थित रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालयमा भएको कार्यक्रममा बोल्नु हुँदै बैँकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले वित्तीय साक्षरता स्कुल तह देखी नै आवश्यक रहेको बताउनुभयो । उहाँले पैसाको उचित व्यवस्थापन र व्यवस्थित प्रयोगका लागि सचेतना अभिवृद्धि गर्न सके प्रत्येक व्यक्तिले आफुसंग उपलब्ध पैसालाई सदुपयोग गरी त्यसबाट धेरै भन्दा धेरै लाभ लिन सक्ने बताउनुभयो ।


प्रमुख कार्यकारी अधिकृत खनालले वित्तीय क्षेत्रका विषयमा युवा तथा विद्यार्थीहरुले बढिभन्दा बढि जानकारी राख्नुपर्ने भन्दै यस विषयलाई राष्ट्रिय वाणिज्य बैँकले निरन्तर उठान गर्दै आएको स्पष्ट पार्नुभयो । खनालले बढ्दो सूचना प्रविधिको प्रयोगसंगै यसले वित्तीय क्षेत्रमा चुनौती पनि थपेको भन्दै यसतर्फ देशव्यापी सचेतनाका कार्यक्रमहरु अगाडी बढाउनुपर्ने तर्क गर्नुभयो ।
उहाँले अपरिचित व्यक्ति वा नम्बरबाट आउने फोन वा एसएमएस लगायतका सामाजिक सञ्जालमा आएका लिंकहरु नखोल्न र सित्तैमा कसैले पैसा दिन्छु भन्ने कुरामा विश्वास नगर्न सबैमा अनुरोध गर्नुभयो । यसैगरी कतिपयले सुरुमा केही रकम वा सामान दिएर त्यो भन्दा धेरै रकम माग गर्ने अभ्यास पनि देखीएको भन्दै यस्ता प्रलोभनमा नपर्न समेत अनुरोध गर्नु भयो । सहभागी विद्यार्थीहरुले सोधेका प्रश्नको जवाफ दिनु हूँदै प्रमुख कार्यकारी अधिकृत खनालले वित्तीय साक्षरताको सुरुवात विद्यालयस्तरबाट घरघरमा पु¥याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

Advertisement


बैँकका उपकार्यकारी अधिकृत पवन रेग्मीले स्वागत मन्तव्य राख्नूभएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद भट्ट, बैँकका उपकार्यकारी अधिकृत विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल र राम कुमार थापा सहित विभागिय प्रमुखहरु आनन्द सुवेदी, सचिन कुमार श्रेष्ठ र विभागीय उपप्रमुख उभार पाण्डे सहभागी हुनुभएको थियो । राष्ट्रिय वाणिज्य बैँकले ग्लोवल मनि विकका अवसरमा देशव्यापी रुपमा वित्तीय सक्षरता सहितका सामाजिक तथा सामुदायिक कार्यक्रम गर्दै आएको छ । ग्लोवल मनि विक हरेक वर्ष १६ देखि २२ मार्चमा विश्वव्यापी रुपमा मनाईन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री