दश निर्माण कम्पनी कालोसूचीमा, डेढ वर्षसम्म खरिद प्रक्रियामा भाग लिन नपाउने


सार्वजनिक खरिद अनुगमन कार्यालयले १० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले बुधबार जारी गरेको सूचनाअनुसार आजदेखि लागू हुने गरी दुई कम्पनीलाई डेढ वर्ष र बाँकी आठ कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको हो।

कालोसूचीमा परेका कम्पनीहरूमा तारालक्ष्मी निर्माण सेवा (गुल्मी) र ममता मञ्जु कन्स्ट्रक्सन प्रालि (काठमाडौं) डेढ वर्षका लागि सूचीकृत भएका छन्। यस्तै, सनम निर्माण सेवा (संखुवासभा), निर्जरा निर्माण सेवा (सभापोखरी), इन्द्रेणी बिल्डर्स एण्ड सप्लायर्स प्रालि (काठमाडौं), जी.एस. निर्माण संसार कम्पनी (महोत्तरी), कमन कन्स्ट्रक्सन (महोत्तरी), राजेन्द्र निर्माण सेवा, रफिना एण्ड कन्स्ट्रक्सन र राम निर्माण कन्स्ट्रक्सन एक वर्षका लागि कालोसूचीमा परेका छन्।

Advertisement

यी कम्पनीहरूलाई विभिन्न स्थानीय तह, सशस्त्र प्रहरी बल र पुरातत्व विभागले सिफारिस गरेका थिए। कालोसूचीमा परेका कम्पनीहरूले अब निर्धारित अवधिसम्म सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री